SwaSamvaad

नौ दिवसीय
स्वसंवाद कार्यक्रममा
सहभागी हुनका लागि पूर्व जानकारीः

स्पष्ट, लक्ष्यकेन्द्रित र सचेत मनको निर्माणले मात्र आध्यात्मिक र भौतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । जब हामी हाम्रो मनलाई नकारात्मकता, प्रतिरोध, अन्तर्विरोध तथा अल्मल्याउने कुराहरूबाट अलग राख्न सक्छौं, तब मात्र हामी आफ्नो प्रतिभा जगाउन र आफ्नो सपनाअनुसारको जीवन निर्माण गर्न योग्य बन्दछौं ।

चौबीस घण्टाको अवधिमा हाम्रो मनमा लगभग ६० हजार विचारहरु आउने-जाने गर्छन् । यिनै विचारहरुले हाम्रो मन र भावनालाई विचलित बनाउदै विरोधाभासी दिशातर्फ धकेल्छन् । अनियन्त्रित तथा अव्यवस्थित विचारहरूले हामीलाई मनोवैज्ञानिक समस्याहरूमा मात्र धकेल्दैनन्, ती हाम्रो तनाव, थकान, बिरामी, असफलता र नकारात्मकताका मुख्य कारण बन्न पुग्छन् ।

स्वसंवाद कार्यक्रम व्यस्त जीवनमा रहेका आधुनिक मानिसहरूका लागि तयार गरिएको एक उपयुक्त र अत्यन्तै उपयोगी तालिम कार्यक्रम हो । सजग मन र प्रज्वलित चेतना निर्माण गर्न चाहनेहरूका लागि ध्यान लगायत विभिन्न प्रयोगका माध्यमबाट यस कार्यक्रमले व्यक्तिगत, आध्यात्मिक तथा पेशागत उचाई प्राप्त गर्न मदद् गर्नेछ । अध्यात्म, मनोविज्ञान र नेतृत्व विज्ञानका खोजहरूलाई संश्लेषण गरेको यस कार्यक्रमले सहभागीहरूलाई ज्ञान र आनन्दको स्पष्ट मार्गचित्र प्रदान गर्दछ ।

स्वसंवाद दिनको ९० मिनेटका दरले कुल नौ दिनसम्म अन्तक्र्रियात्मक तथा प्रयोगात्मक शैलीमा सञ्चालन गरिन्छ । यसमा विशिष्ट प्रकारको ध्यानका अभ्यासहरू समावेश गरिएको छ । आजीवन स्वास्थ्य, खुशी र शान्तिको मार्ग प्रशस्त गर्नका लागि आवश्यक सीप सिक्न अभ्यासको तालिका प्रदान गरिनेछ । यसमा विशेष गृहकार्यहरू र चिन्तनपरक क्रियात्मक आयोजनाहरू हुनेछन् ।

यो कार्यक्रम जीवन विकास विशेषज्ञ तथा आध्यात्मिक गुरुद्वय रमेश नेपाल र एल पि भानु शर्माले सीधा जुमका माध्यमबाट प्रस्तुत गर्नुहुनेछ ।

मितिः २०७८ श्रावण ३ गतेदेखि १२ गतेसम्म  
समयः अपराह्नन ६ः०० देखि ७ः३० सम्म सञ्चालन हुने

स्वसंवाद कार्यक्रममा सहभागीताका लागि
तल Click गर्नुहोस :