Flower
Flower

Gallery

Home

Gallery

35

शिक्षा र स्वास्थ्यमा स्वजागरण– कावासोती, नवलपुर
54 Image
17 Dec, 2024

श्रद्धेय भानु गुरुदेवको दिव्य वचन–‘आफूले ध्यान सिकेर विश्व मानवलाई ध्यान सिकाउनु नेपालीहरूको एउटै मात्र सवाल हो ।’ कावासोती नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर ३० गते कावासोतीमा ‘शिक्षा र पूर्णस्वास्थ्यका लागि स्वजागरण’ कार्यक्रममा गुरुदेवले संसारले ध्यानको महत्व बुझेर २१ डिसेम्बरलाई ‘विश्वध्यान दिवस’को मान्यता दिएको उल्लेख गर्नुभयो । उहाँले रोग र अशान्तिको समस्याले जेलिएको संसारको समाधान पूर्वीय आध्यात्मको मूलभूमि नेपालसँग रहेकाले हाम्रा ऋषिमुनिले दिएको मौलिक ज्ञान विश्वका सबै मानिसको कल्याणसँगै आफ्नो र देशको समृद्धि एकैपटक हुने मार्गमा काम गर्न सबैलाई आग्रह गर्नुभयो । श्रद्धेय रमेश गुरुदेबले स्वजागरण अन्तरहृदय देखि नै व्यक्ति आँफै जागेर गाउँ–टोल, वडा, पालिका हुँदै सिङ्गो मुलुकलाई जगाउने अभियान भएको उल्लेख गर्नुहुँदै शिक्षा र स्वास्थ्य क्षेत्रको जागरणमार्फत स्वजागरण अघि बढाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठले बाहिरी कार्यबोझले थिचिएको व्यस्त दैनिकमा आफ्ना लागि समय छुट्टयाएर आत्मबोधको ज्ञान मार्फत आफैँलाई चिन्नु अत्यावश्यक हुँदो रहेछ भन्ने अनुभव भएको बताउनुभयो । कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतको अध्यक्षतामा भएको कार्यक्रम नगरशिक्षा अधिकारी क्षेत्रबहादुर भणडारीले स्वागत र श्रोत शिक्षक तिर्थ कँडेलले सञ्चालन गर्नुभएको थियो ।

Image (54)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top