Gallery

Swjagaran, Godawari
5 Image
26 Jan, 2026

ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०८१ कात्तिक २२ गते पूर्ण स्वास्थ्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । ४,००० बढीको सहभागिता रहेको कार्यक्रममा श्रद्धेय गुरुदेवद्वयले पूर्ण स्वास्थ्यका विविध आयामका विषयमा स्ववचन गर्नुभयो । श्रद्धेय रमेश गुरुदेवले पूर्ण स्वास्थ्यका सात आयामबारे चर्चा गर्दै पूर्ण स्वस्थ रहनका लागि सातवटा चक्र सक्रिय बनाउनु पर्ने बताउँदै जीवन विज्ञानले त्यसका लागि सात दिनको चक्र विज्ञान कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । श्रद्धेय भानु गुरुदेवले जीवन विज्ञानले पूर्ण आरोग्यका लागि कार्य गरिरहेको बताउँदै हरेक व्यक्ति भित्र रहेको स्वास्थ्य, शान्ति र समृद्धिको क्षमता जगाउन स्वजागरण गरिरहेको स्पष्ट पार्नु भयो । गोदावरी नगरपालिका वडा नं. ३ को आयोजना, टौखेल जीवनयोग प्रयोगशालाको व्यवस्थापन तथा जीवन विज्ञान परिषद् ललितपुरको सहकार्यमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, विद्यार्थी, राजनीतिक दल र विभिन्न संघसंस्थाका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो ।

Image (5)
Preview
Preview
Preview
Preview
Preview
Footer Top