NOTICE

|

‘स्वस्थ, शान्त र समृद्ध राष्ट्रका लागि’

जीवन विज्ञान धाम

अन्तर्राष्ट्रिय आध्यात्मिक तथा आरोग्य केन्द्र
पृष्ठभूमि

नेपाल योगभूमि, तपोभूमि, देवभूमि, ज्ञानभूमि, बुद्धभूमि, शान्तिभूमि र आध्यात्मिक भूमिको रूपमा अनादिकालदेखि सुपरिचित छ । यसै पवित्र भूमिबाट आदियोगी भगवान् शिवले ध्यान र अध्यात्म दर्शन, महर्षि पतञ्जलिले योग दर्शन एवम् भगवान् गौतम बुद्धले अहिंसा र शान्तिको सन्देश फैलाउनुभयो । यही पावन भूस्वर्ग नै हजारौँ ऋषिमुनिहरूको साधना स्थल रह्यो, जहाँबाट ध्यानयोग, तपस्या र दिव्यज्ञानको ज्योति विश्वभर प्रज्वलित भयो ।

पूर्वीय सभ्यता, वेद, दर्शन र शास्त्रको गर्भगृहका रूपमा नेपालले सम्पूर्ण मानव जातिलाई आध्यात्मिक मार्गदर्शन प्रदान गरेको छ । यहीँबाट आध्यात्मिक ज्ञानको गङ्गा सतत् प्रवाहित भई विश्वभर फैलिइरहेको छ । हाम्रा पूर्वज एवम् युगद्रष्टा महापुरुषहरूले गरेको अध्यात्म, योग र आयुर्वेद अनुसन्धानको फलस्वरूप यहींबाट मानव जीवनलाई सहज बनाउने अनगिन्ती प्रयोगात्मक सूत्रहरू प्रतिपादित भए । यहाँको जल, जङ्गल र जमिनका कण–कणमा आध्यात्मिक ऊर्जा प्रवाहित भएको महसूस गर्न सकिन्छ ।

नेपाल प्राकृतिक सौन्दर्यको धरोहर मात्र नभई यसको सांस्कृतिक र सामाजिक विविधता पनि आदर्श र अनुपम छ । यहाँका मठ–मन्दिर, गुम्बा–विहार, ध्यानकेन्द्रहरूमा हुने साधनाले मानव जीवनलाई खुसी, स्वस्थ्य, शान्ति र परमसन्तुष्टिको अनुभूति गराउँछन् ।

आजको युगमा यो अमूल्य सम्पदालाई संरक्षण र संवर्धन गर्दै आरोग्य पर्यटनलाई प्रवर्धन गर्नु नेपाल, नेपाली एवं समग्र मानव समुदायका लागि अपरिहार्य छ । ‘जीवन विज्ञान धाम’ यसै महान् ध्येयका साथ स्थापित एक अद्वितीय आध्यात्मिक केन्द्र हो । जहाँ ध्यानयोग, ज्ञानयोग, कर्मयोग र भक्तियोगका माध्यमबाट मानिसलाई सुख, शान्ति एवम् समृद्धिले भरिपूर्ण जीवन प्रदान गर्ने लक्ष्यमा कार्य भइरहेको छ ।

जीवन विज्ञान

नेपाल भूमिमा जन्मिएर हालसम्म विश्वका ८० भन्दाबढी मुलुकहरूमा फैलिएको जीवन विज्ञान एक आधुनिक, वैज्ञानिक र आध्यात्मिक प्रतिष्ठान हो । नवयुग निर्माणको सङ्‍कल्प बोकेर जात, धर्म र सम्प्रदायभन्दा माथि उठी राष्ट्रसेवा र मानवसेवामा समर्पित यस संस्थाले विगत १४ वर्षदेखि योग, ध्यान र समाधि साधनाका प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । जीवन विज्ञानद्वारा सञ्चालित सकारात्मक सोच, व्यक्तित्व विकास, नेतृत्व विकास र जीवन व्यवस्थापनका कार्यक्रमहरूबाट आजसम्म ४० लाखभन्दा बढी मानिसहरूले लाभ लिइसकेका छन् ।

जीवन विज्ञान धाम

हामी सबैका प्रेरणाश्रोत परम श्रद्धेय रमेश गुरुदेव एवम् भानु गुरुदेवको परिकल्पनामा नेपालको मौलिक योग, ध्यान तथा अध्यात्मलाई विश्वसामु पु¥याउने मूल ध्येयका साथ जीवन विज्ञान धाम निर्माण सुरु भएको हो । मानवलाई आरोग्यता, सजगता, सिर्जनशीलता, शान्ति, सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्ने प्रमुख केन्द्रको रूपमा तथा नेपालको मौलिक संस्कृति र आध्यात्मिकता झल्काउने वास्तुकलामा आधारित अत्याधुनिक प्रविधियुक्त संरचना तयार भइरहेको छ ।

जीवन विज्ञान धामको लक्ष्य

योग, ध्यान, साधना र अध्यात्मका माध्यमबाट आरोग्य पर्यटनको विकासमा योगदान गर्दै स्वस्थ, शान्त र समृद्ध राष्ट्र निर्माण गर्नु ।

योग, ध्यान र अध्यात्ममार्फत देशलाई विश्वका लागि आरोग्य पर्यटनको केन्द्र बनाउने राज्यको सङ्कल्पमा सहयोगी बन्न ।

हरेक व्यक्तिलाई शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक रूपमा कुशल बनाउन ।

सुख, शान्ति, समृद्धि र आरोग्य जीवनको निर्माणका लागि मार्ग प्रशस्त गर्ने सकारात्मक ऊर्जा प्रवाहको केन्द्र बनाउनु ।

आयुर्वेद, प्राकृतिक चिकित्सा, मनोविज्ञान र आधुनिक चिकित्सा विज्ञानको संयोजन गरी जीवन रूपान्तरण गर्ने प्रयोगशालाको रूपमा विकास गर्न ।

धामको संरचना र सुविधाहरू

१. पार्किङ २. जानकारी तथा सूचना केन्द्र ३. मन्दिर – १ + उपहार पसल ब्लक ४. आवासीय अपार्टमेन्ट प्रकार १ ५. आवासीय अपार्टमेन्ट प्रकार २ ६. क्यान्टिन तथा विभागीय पसल ७. छात्रावास + भुक्तानी गर्नुपर्ने कोठाहरू ८. गाई गोठ क्षेत्र ९. स्वास्थ्य तथा सन्तुलन केन्द्र १०. मन्दिर – २ ११. अग्रीम कार्यालय १२. भान्सा, भोजन तथा स्टाफ क्वार्टर १३. सम्मेलन हल + शौचालय ब्लक १४. ध्यान सभाहल १५. मुख्य कार्यालय १६. विशेष अतिथि निवास १७. गुरु निवास १८. खुला रंगमञ्च (एम्फिथिएटर) १९. हेलिप्याड २०. खुला ध्यान क्षेत्र

धामबाट कसले लाभ लिन सक्नेछन् ?

१. खुसी, स्वास्थ, शान्तिका साथ ऊर्जाशील जीवन जिउन चाहनेहरू । २. आफ्नो जीवनलाई बाह्य तथा आन्तरिक रूपान्तरण गर्न चाहनेहरू । ३. कुलत, निराशा, कठोरता, भय, अनिश्चितताजस्ता समस्याबाट अलग रहन चाहनेहरू । ४. गहिरो आध्यात्मिक साधना गर्न चाहनेहरू । ५. आफूमा लुकेर रहेको क्षमता, प्रतिभा चिन्न र प्रस्फुटन गर्न चाहनेहरू । ६. अध्यात्मको साधना र आरोग्यको खोजीमा रहेका आन्तरिक तथा वाह्य पर्यटकहरू ।

ध्यान कक्षको संरचना र विशेषता

नेपाली वास्तुकलामा आधारित ध्यानकक्ष अष्टकोणीय हुनेछ । जसमा सकारात्मक ऊर्जा प्रवाहित भई ध्यानकक्ष प्रवेश गर्ने सबैले दिव्यानुभूति गर्नेछन् । पूर्णता र आठौँ चक्रको प्रतीक मानिने ध्यानकक्षमा साधकलाई ध्यानको गहन अनुभूति र परम शान्तिको महसुस हुनेछ । विशेष विधिहरूद्वारा ध्यानकक्षमा ब्रह्माण्डीय ऊर्जा आह्वान गरी पवित्र र ध्यानमय विराट् ऊर्जा मण्डल तयार गरिएको छ ।

जीवन विज्ञान धाम सम्बन्धी तस्वीरहरू
धाम निर्माण स्थल

१. काठमाडौँबाट करिब २५ किलोमिटर पश्चिम तथा पृथ्वी राजमार्गबाट १.५ किलोमिटर दक्षिणतर्फ रहेको ।

२. धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं.–७ मा ७१ रोपनी क्षेत्रफलमा धाम निर्माण भइरहेको ।

३. मनोरम पहाडी शृङ्खलाहरूका साथ शुद्ध र शान्त वातावरण भएको ।

४. गहिरो साधनाका लागि कोलाहल मुक्त र एकान्त स्थान ।

५. काठमाडौँको भीडबाट अलग तर सहज यात्राका साथ पुग्न सकिने ।

कसरी सहभागिता जनाउने ?

परोपकार र मानवकल्याणकारी केन्द्रका रूपमा रहने यो धाम निर्माणमा सहभागिता जनाउन चाहने सबैका लागि जीवन विज्ञान सदा खुल्ला र उदार रहनेछ । यस्तै आफूसँग भएका सीप, क्षमता र विशेषज्ञताको योगदान धामका लागि महत्वपूर्ण हुनेछ । धामको पूर्णता र दीर्घकालीन सञ्चालनका लागि यहाँले विभिन्न भौतिक संरचना निर्माण एवम् आर्थिक योगदानमार्फत सहभागिता जनाउन सक्नुहुनेछ । जस्तैः धामभित्रका आवास तथा ध्यानकक्षहरू, पार्क, फलैँचा, मन्दिरलगायतका विभिन्न अलग–अलग संरचना निर्माण गरेर प्रतिष्ठानलाई हस्तान्तरण गर्न सक्नु हुनेछ । नयाँ पुस्ताका लागि उपहारका रूपमा हस्तान्तरण भएका यी ऐतिहासिक संरचनामा विश्व मानव समुदायले युगौं–युगसम्म योग, ध्यान र साधना गर्ने अवसर पाउनेछ । यस सत्कृत्यले तपाई स्वयं, सकल परिवार एवम् आफ्नो कुलवंशमा सुकीर्तिको अनुभव गर्दै आजीवन परितोष र आनन्द–मङ्गलको अनुभूति हुनेछ ।

मानव समाजको उन्नति, प्रगति र अभ्युदयका साथ आध्यात्मिक जागरण ल्याउने, हरेकको जीवनलाई मूल्यवान र सार्थक बनाउने तथा लोककल्याणका सत्कृत्यहरू प्रवर्धन गर्ने यस महान अभियानमा तपाईँ पनि सहभागी बन्न सक्नुहुनेछ ।

आउनुहोस्, स्वस्थ, शान्त र समृद्ध राष्ट्रका निर्माणको यो अभियानमा हातेमालो गरौँ !!
जीवन विज्ञान धाम सहभागिता / संकल्प पत्र

व्यक्तिगत विवरण

योगदान विवरण

थप जानकारीको लागि जीवन विज्ञान प्रतिष्ठानमा सम्पर्क गर्नुहोस्।

Location

Ganesh Marga ( Near Ganesh Temple ), Chabahil, Kathmandu

Telephone

Contact Information

01-4572830 / 9851332963