Subscribe our newsletter for daily updates and exciting posts. Subscribe so that you never miss an updated related with jeevan vigyan.
जुनसुकै उमेर समूहका मनुष्य भए पनि हामीमा आत्मविश्वासको कमी देखिन्छ। कसैको कम र कसैको धेरै मात्र हो आजको धेरै समस्यामध्ये आत्मविश्वासको कमी हुनु प्रमुख समस्या हो। चाहे पढ्ने विद्यार्थी होस् या व्यवसाय गर्न आँटेको व्यक्ति होस् आत्मविश्वासको कमीले उसले राम्रोसँग गर्न सक्दैन। सफलताको चाहना तीव्र भए पनि सोचे जसरी काम गर्न सक्दैन। आजको मनुष्यलाई वनको बाघले भन्दा पनि मनको बाघले खाएको छ। बढ्नुपर्ने आत्मविश्वास दिनहुँ घट्दै गएको छ। यसपालिको लेखमा आत्मविश्वास किन मर्छ भन्ने वरिपरि नै रहेर लेख्ने छु।
संकल्प के हो?
हर व्यक्तिको प्रमुख कुरा के हो? संसारमा विद्वान् दार्शनिक, चित्रकार वैज्ञानिक, लेखक, प्राध्यापक, ऋषिमुनी कसरी बनेका होलान्? यस्ता महान् व्यक्ति जसको दर्शनले आजको युगमा समेत हलचल ल्याइरहेको छ, तिनै कुराको वरिपरि रहेर खोजी तथा अनुसन्धान भइरहेको छ उनीहरुको संकल्प हाम्रो जस्तै थियो होला?
विभिन्न खोज तथा अनुसन्धानका अनुसार जो व्यक्ति संकल्पमा हिँड्छ त्यो महान् बन्छ। कुनै पनि कुरा प्राप्त गर्न संकल्पविना सकिँदैन। हिजोआजका विद्यार्थी पढ्न मन लाग्दैन भन्छन्। उनीहरु जब पढ्न थाल्छन् उनीहरुको मन वरपर दौडन थाल्छ। साथी के गरिरा होला ? त्यसले मलाई किन त्यसो भनेको होला ? चाहिनी नचाहिनी कुरा मनमा आउन थाल्छ। विद्यार्थीमा मात्र हैन अन्य व्यक्तिमा पनि यस्तो समस्या आउँछ। यसको अर्थ संकल्प क्षीण भएको हो। आत्मबल मरेको हो। संकल्प भएन भने हाम्रो जीवन अव्यवस्थित हुन्छ। जस्तो उदाहरणका लागि हाम्रा इन्द्रियहरु हाम्रो अधिनमा छ कि छैन भन्ने कुराले प्रभाव पार्छ। यदि हाम्रो जिब्रो शरीरलाई फाइदा नहुने खानेकुरा रुचाउँछ भने हाम्रो जिब्रो रोगी भइसक्यो भन्ने बुझ्नुपर्छ। निद्रा आउनुपर्ने बेलामा निद्रा आएन भने, प्रेम गर्नुपर्नेलाई घृणा मात्र आयो भने, काम गर्न खोज्दा काममा ध्यान गएन भने हामीले के बुझ्नुपर्छ भने हामीमा संकल्प छैन। संकल्प नभएको व्यक्तिको आत्मविश्वास हुँदैन।
संकल्प कसरी बन्छ?
सफलता र खुसी चाहनेले संकल्पवान् हुनुपर्छ। संकल्पकै निमित्त मनुष्यको जन्म भएको हो। त्यसका लागि हाम्रा इन्द्रियहरु नियन्त्रण हुन जरुरी छ। संकल्पवान्को पहिलो सिँढी इन्द्रियलाई नियन्त्रण गर्ने हो। नियन्त्रण गर्नुको अर्थ उनीहरुको कामै नगर्ने भन्ने हैन। जस्तो जिब्रोले हामीलाई जे माग्छ त्यो खाने हैन। जे स्वस्थ छ त्यो खाने हो। त्यसका लागि आफूलाई व्यवस्थित बनाउनुपर्छ। हामी आफूभित्र संकल्प गरौँ। बिहान ५ बजे उठ्छु भनेको छ भने ५ बजे उठ्ने। आधा घण्टा व्यायाम गर्ने संकल्प गर्ने हो भने त्यो जसै गरि गर्नुप¥यो। यसरी आफूले आफूलाई व्यवस्थित गर्न सक्नुप-यो। मनोवैज्ञानिक स्टभीन कविको भनाइ छ संसारमा आफूले आफूलाई जित्नु हो। जब आफूले आफूलाई जित्न सकिन्छ तब संसार जित्न सकिन्छ। स्वास्थ्य आफैँले आफैँलाई जित्दा प्राप्त हुने कुरा हो।
संकल्पवान् हुनका निमित्त जुनसुकै काममा पनि ध्यान बढाउँदै लैजानुपर्छ। जब ध्यान बढ्दै जान्छ तब आज्ञा चक्र सक्रिय हुन्छ। संकल्पवान् हुनका निमित्त निरन्तर अभ्यास हुन जरुरी छ। सुरु गरेको कामलाई निरन्तरता दिनु आजको युवापुस्ताको प्रमुख समस्या हो। यसलाई चिरेर अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति संकल्पवान् बन्छ।
संकल्प तोडियो भने के हुन्छ?
हामी अधिकांशको बानी के हुन्छ भने अब यसो गर्छु उसो गर्छु भनेर योजना बनाउँछौँ। सुरुमा योजना साकार पार्न मरिमेटेर लाग्छाैं। एक दुई दिनपछि गरिराखेको काम छाडीदिन्छौ। जसले यसो गर्छ त्यो व्यक्ति अन्धकारमा जाकिन्छ। बाहिरको कानुन तोडियो भने अदालतले कारबाही गर्छ। जीवनको कानुन तोडियो भने जीवनले नै दण्डित गर्छ। अरुलाई ठग्ने ठग हो भने आफूलाई ठग्ने महाठग हो। आफूलाई ठगेपछि मन चञ्चल हुन्छ। मन विचलित हुन्छ जब मन विचलित हुन्छ तब विचार विचलित हुन्छ। मान्छेको विचारै विचलित छ भने जीव नै अव्यवस्थित हुन्छ।
अव्यवस्थित व्यक्तिले जीवनमा केही गर्न सक्दैन। खान, सुत्न शरीरको तालमेल मिलाउन नसकेको व्यक्तिको मानसिक स्वास्थ्य पनि ठिक हुँदैन। जसले गर्दा सानोसानो काम पनि बिग्रने, रिसाउने, आँटेको नपुग्ने हुन्छ।
आफू व्यवस्थित कसरी हुने ?
सानो काम होस् या ठूलो काम सबैभन्दा ठूलो कुरा निरन्तरता हो। निरन्तरताले बल जन्माउँछ। हरेक दिन गरिने कामले कामप्रति एकाग्रता हुन सिकाउँछ। एकाग्रताले नै हरेक काममा सफल हुन सिकाउँछ। जुन काम गर्न खोजिएको हो। त्यो काममा केन्द्रित हुन जरुरी छ। अरुको विचारले हैन आफ्नै विचारले परिचालित हुनुपर्छ।
जब व्यक्ति आफूतिर फर्केर हरेक कुरामा फोकस हुन थाल्छ। तब ऊ व्यवस्थित हुन्छ। जब दैनिकी व्यवस्थित हुन्छ तब उसले समयको महत्त्व बुझेको हुन्छ। समय अमूल्य चिज हो। हामी समयको भाव छ भन्छौ। समय आफँैमा धेरै वा थोरै हुँदैन चाहिने काममा कतिको प्रयोग गरेका छाैं या छैंनौ त्यसमा भर पर्छ। समय अभाव कहिल्यै हुन्न अभाव त समयको व्यवस्थापनको हुन्छ। जब हामी यो कुरालाई रियलाइजेसन गर्छौं तब ‘जीवन व्यवस्थित हुन्छ र हामी व्यवस्थित हुन्छौँ।
आत्मबल कसरी मर्छ?
जीवन कसरी जिउने भन्ने कुरा आफ्नै हातमा छ। त्यस्तै आत्मविश्वास जगाउने कि मार्ने भन्ने कुरा पनि आफैँमा भर पर्ने कुरा हो। आत्मविश्वास मर्नुको कारण आफँैलाई ठगेर हो। आफूले आफ्नो जीवनमा संकल्प गरेको कुरा नपुराएपछि आत्मविश्वास गुम्छ।
आत्मविश्वास गुम्ने अर्काे कारण भनेको कामप्रतिको आलस्यता, अल्छी हो। बहाना बनाउने अर्को ठूलो रोग हो। जब जहिल्यै अल्छी लाग्छ भने त्यो मरिसक व्यक्ति हो भन्ने बुझे हुन्छ। जो अल्छी छ त्यसले बहाना बनाउँछ। अंग्रेजीमा एउटा भनाइ छ कुनै पनि काम नगर्ने धेरै बहाना खोज्नुभन्दा काम गर्ने एउटा बहाना बनाउनु राम्रो हो।
सयौँ बहाना बाजी आजको मनुष्यको खतरानाक रोग हो। काम गर्न नसक्ने अनि बहाना बनाउने एक प्रकारको रोगै हो। हामी पढ्न प-यो, काम गर्न प¥यो भन्छौ यहाँ भनाइमा नै गलत छ। पढ्न प¥यो काम गर्न प¥यो भन्ने हैन पढ्न पाइयो, काम गर्न पाइयो भनौँ।
मरेको आत्मबल कसरी जगाउने?
आत्मबल मार्नु भनेको बिस्तारै आत्महत्या गर्नु बराबर हो। ल, हुन्छ, एकछिन, गरिहाल्छु भन्ने अनि काम नगर्ने बानी छ भने तुरुन्तै हटाउँदा हुन्छ त्यो बानी। आफूले ताकेको काम गर्नका निमित्त जतिखेर पनि तयार हुनुपर्छ। चाहे रात होस् चाहे दिन होस्। काममा भरोसा गर्ने निरन्तरता तत्परताको साथ लागि पर्ने हो भने मरिसकेको आत्मबल जाग्छ। कामप्रतिको निरन्तरता, संकल्पता, तत्परता र एकाग्रता भयो भने त्यो व्यक्तिको आत्मविश्वास बढेर आउँछ। आफूले काम गरिसकेपछि परिणाम जे निस्कन्छ त्यसको लागि आफँै तयारी हुनुपर्छ। परिणामसँग डराउने हैन। फल आफ्नो हातमा हुन्न कर्म आफ्नो हातमा हुन्छ। स्वतन्त्र प्राणीको आत्मविश्वास सधैँ जागरुक हुन्छ।
Subscribe our newsletter for daily updates and exciting posts. Subscribe so that you never miss an updated related with jeevan vigyan.
You are not logged in. You need to login to your account in order to comment in the blog post. Thank you.