‘युग बदल्ने धाम, बनाउने मेरो काम’

जीवन विज्ञान धाम

अन्तर्राष्ट्रिय आध्यात्मिक तथा आरोग्य केन्द्र
धाम बनाउने काम केवल भवन होइन, हाम्रो श्रद्धा, संकल्प र सेवाभाव हो।
पृष्ठभूमि

नेपाल योगभूमि, तपोभूमि, देवभूमि, ज्ञानभूमि, बुद्धभूमि, शान्तिभूमि र आध्यात्मिक भूमिको रूपमा अनादिकालदेखि सुपरिचित छ । यसै पवित्र भूमिबाट आदियोगी भगवान् शिवले ध्यान र अध्यात्म दर्शन, महर्षि पतञ्जलिले योग दर्शन एवम् भगवान् गौतम बुद्धले अहिंसा र शान्तिको सन्देश फैलाउनुभयो । यही पावन भूस्वर्ग नै हजारौँ ऋषिमुनिहरूको साधना स्थल रह्यो, जहाँबाट ध्यानयोग, तपस्या र दिव्यज्ञानको ज्योति विश्वभर प्रज्वलित भयो ।

पूर्वीय सभ्यता, वेद, दर्शन र शास्त्रको गर्भगृहका रूपमा नेपालले सम्पूर्ण मानव जातिलाई आध्यात्मिक मार्गदर्शन प्रदान गरेको छ । यहीँबाट आध्यात्मिक ज्ञानको गङ्गा सतत् प्रवाहित भई विश्वभर फैलिइरहेको छ । हाम्रा पूर्वज एवम् युगद्रष्टा महापुरुषहरूले गरेको अध्यात्म, योग र आयुर्वेद अनुसन्धानको फलस्वरूप यहींबाट मानव जीवनलाई सहज बनाउने अनगिन्ती प्रयोगात्मक सूत्रहरू प्रतिपादित भए । यहाँको जल, जङ्गल र जमिनका कण–कणमा आध्यात्मिक ऊर्जा प्रवाहित भएको महसूस गर्न सकिन्छ ।

नेपाल प्राकृतिक सौन्दर्यको धरोहर मात्र नभई यसको सांस्कृतिक र सामाजिक विविधता पनि आदर्श र अनुपम छ । यहाँका मठ–मन्दिर, गुम्बा–विहार, ध्यानकेन्द्रहरूमा हुने साधनाले मानव जीवनलाई खुसी, स्वस्थ्य, शान्ति र परमसन्तुष्टिको अनुभूति गराउँछन् ।

आजको युगमा यो अमूल्य सम्पदालाई संरक्षण र संवर्धन गर्दै आरोग्य पर्यटनलाई प्रवर्धन गर्नु नेपाल, नेपाली एवं समग्र मानव समुदायका लागि अपरिहार्य छ । ‘जीवन विज्ञान धाम’ यसै महान् ध्येयका साथ स्थापित एक अद्वितीय आध्यात्मिक केन्द्र हो । जहाँ ध्यानयोग, ज्ञानयोग, कर्मयोग र भक्तियोगका माध्यमबाट मानिसलाई सुख, शान्ति एवम् समृद्धिले भरिपूर्ण जीवन प्रदान गर्ने लक्ष्यमा कार्य भइरहेको छ ।

जीवन विज्ञान

नेपाल भूमिमा जन्मिएर हालसम्म विश्वका ८० भन्दाबढी मुलुकहरूमा फैलिएको जीवन विज्ञान एक आधुनिक, वैज्ञानिक र आध्यात्मिक प्रतिष्ठान हो । नवयुग निर्माणको सङ्‍कल्प बोकेर जात, धर्म र सम्प्रदायभन्दा माथि उठी राष्ट्रसेवा र मानवसेवामा समर्पित यस संस्थाले विगत १४ वर्षदेखि योग, ध्यान र समाधि साधनाका प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । जीवन विज्ञानद्वारा सञ्चालित सकारात्मक सोच, व्यक्तित्व विकास, नेतृत्व विकास र जीवन व्यवस्थापनका कार्यक्रमहरूबाट आजसम्म ४० लाखभन्दा बढी मानिसहरूले लाभ लिइसकेका छन् ।

जीवन विज्ञान धाम

हामी सबैका प्रेरणाश्रोत परम श्रद्धेय रमेश गुरुदेव एवम् भानु गुरुदेवको परिकल्पनामा नेपालको मौलिक योग, ध्यान तथा अध्यात्मलाई विश्वसामु पु¥याउने मूल ध्येयका साथ जीवन विज्ञान धाम निर्माण सुरु भएको हो । मानवलाई आरोग्यता, सजगता, सिर्जनशीलता, शान्ति, सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्ने प्रमुख केन्द्रको रूपमा तथा नेपालको मौलिक संस्कृति र आध्यात्मिकता झल्काउने वास्तुकलामा आधारित अत्याधुनिक प्रविधियुक्त संरचना तयार भइरहेको छ ।

जीवन विज्ञान धामको लक्ष्य

योग, ध्यान, साधना र अध्यात्मका माध्यमबाट आरोग्य पर्यटनको विकासमा योगदान गर्दै स्वस्थ, शान्त र समृद्ध राष्ट्र निर्माण गर्नु ।

योग, ध्यान र अध्यात्ममार्फत देशलाई विश्वका लागि आरोग्य पर्यटनको केन्द्र बनाउने राज्यको सङ्कल्पमा सहयोगी बन्न ।

हरेक व्यक्तिलाई शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक रूपमा कुशल बनाउन ।

सुख, शान्ति, समृद्धि र आरोग्य जीवनको निर्माणका लागि मार्ग प्रशस्त गर्ने सकारात्मक ऊर्जा प्रवाहको केन्द्र बनाउनु ।

आयुर्वेद, प्राकृतिक चिकित्सा, मनोविज्ञान र आधुनिक चिकित्सा विज्ञानको संयोजन गरी जीवन रूपान्तरण गर्ने प्रयोगशालाको रूपमा विकास गर्न ।

धामको संरचना र सुविधाहरू

१. पार्किङ २. जानकारी तथा सूचना केन्द्र ३. पुरस्कार बिक्रि कक्ष ४. आवासीय भवन १ ५. आवासीय भवन २ ६. भोजनालय ७. छात्रावास + भुक्तानी गर्नुपर्ने कोठाहरू ८. गौशाला ९. स्वास्थ्य तथा आरोग्य केन्द्र १०. मन्दिर – २ ११. आगन्तुक कक्ष १२. भान्सा तथा कर्मचारी आवास १३. सम्मेलन कक्ष १४. ध्यानकक्ष १५. मुख्य कार्यालय १६. विशिष्टि पाहुना घर १७. गुरु निवास १८. खुला रंगमञ्च (एम्फिथिएटर) १९. हेलिप्याड २०. खुला ध्यान क्षेत्र

धामबाट कसले लाभ लिन सक्नेछन् ?

१. खुसी, स्वास्थ, शान्तिका साथ ऊर्जाशील जीवन जिउन चाहनेहरू । २. आफ्नो जीवनलाई बाह्य तथा आन्तरिक रूपान्तरण गर्न चाहनेहरू । ३. कुलत, निराशा, कठोरता, भय, अनिश्चितताजस्ता समस्याबाट अलग रहन चाहनेहरू । ४. गहिरो आध्यात्मिक साधना गर्न चाहनेहरू । ५. आफूमा लुकेर रहेको क्षमता, प्रतिभा चिन्न र प्रस्फुटन गर्न चाहनेहरू । ६. अध्यात्मको साधना र आरोग्यको खोजीमा रहेका आन्तरिक तथा वाह्य पर्यटकहरू ।

ध्यान कक्षको संरचना र विशेषता

नेपाली वास्तुकलामा आधारित ध्यानकक्ष अष्टकोणीय हुनेछ । जसमा सकारात्मक ऊर्जा प्रवाहित भई ध्यानकक्ष प्रवेश गर्ने सबैले दिव्यानुभूति गर्नेछन् । पूर्णता र आठौँ चक्रको प्रतीक मानिने ध्यानकक्षमा साधकलाई ध्यानको गहन अनुभूति र परम शान्तिको महसुस हुनेछ । विशेष विधिहरूद्वारा ध्यानकक्षमा ब्रह्माण्डीय ऊर्जा आह्वान गरी पवित्र र ध्यानमय विराट् ऊर्जा मण्डल तयार गरिएको छ ।

जीवन विज्ञान धाम सम्बन्धी तस्वीरहरू
धाम निर्माण स्थल

१. काठमाडौँबाट करिब २५ किलोमिटर पश्चिम तथा पृथ्वी राजमार्गबाट १.५ किलोमिटर दक्षिणतर्फ रहेको ।

२. धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं.–७ मा ७१ रोपनी क्षेत्रफलमा धाम निर्माण भइरहेको ।

३. मनोरम पहाडी शृङ्खलाहरूका साथ शुद्ध र शान्त वातावरण भएको ।

४. गहिरो साधनाका लागि कोलाहल मुक्त र एकान्त स्थान ।

५. काठमाडौँको भीडबाट अलग तर सहज यात्राका साथ पुग्न सकिने ।

कसरी सहभागिता जनाउने ?

परोपकार र मानवकल्याणकारी केन्द्रका रूपमा रहने यो धाम निर्माणमा सहभागिता जनाउन चाहने सबैका लागि जीवन विज्ञान सदा खुल्ला र उदार रहनेछ । यस्तै आफूसँग भएका सीप, क्षमता र विशेषज्ञताको योगदान धामका लागि महत्वपूर्ण हुनेछ । धामको पूर्णता र दीर्घकालीन सञ्चालनका लागि यहाँले विभिन्न भौतिक संरचना निर्माण एवम् आर्थिक योगदानमार्फत सहभागिता जनाउन सक्नुहुनेछ । जस्तैः धामभित्रका आवास तथा ध्यानकक्षहरू, पार्क, फलैँचा, मन्दिरलगायतका विभिन्न अलग–अलग संरचना निर्माण गरेर प्रतिष्ठानलाई हस्तान्तरण गर्न सक्नु हुनेछ । नयाँ पुस्ताका लागि उपहारका रूपमा हस्तान्तरण भएका यी ऐतिहासिक संरचनामा विश्व मानव समुदायले युगौं–युगसम्म योग, ध्यान र साधना गर्ने अवसर पाउनेछ । यस सत्कृत्यले तपाई स्वयं, सकल परिवार एवम् आफ्नो कुलवंशमा सुकीर्तिको अनुभव गर्दै आजीवन परितोष र आनन्द–मङ्गलको अनुभूति हुनेछ ।

मानव समाजको उन्नति, प्रगति र अभ्युदयका साथ आध्यात्मिक जागरण ल्याउने, हरेकको जीवनलाई मूल्यवान र सार्थक बनाउने तथा लोककल्याणका सत्कृत्यहरू प्रवर्धन गर्ने यस महान अभियानमा तपाईँ पनि सहभागी बन्न सक्नुहुनेछ ।

आउनुहोस्, स्वस्थ, शान्त र समृद्ध राष्ट्र निर्माणको यो अभियानमा हातेमालो गरौँ !!
जीवन विज्ञान धाम सहभागिता / संकल्प पत्र

व्यक्तिगत विवरण

योगदान विवरण

थप जानकारीको लागि जीवन विज्ञान प्रतिष्ठानमा सम्पर्क गर्नुहोस्।

Location

Ganesh Marga ( Near Ganesh Temple ), Chabahil, Kathmandu

Telephone

Contact Information

9851332863