Flower
Flower

आगामी कार्यक्रम तालिका

आगामी कार्यक्रम तालिका हेर्नुहोस ।

Aishwarya Vigyan Butwal, Paush 1-7, 2081
बुकिंग खुल्लाआगामी
पौष ०१, २०८१ - पौष ०७, २०८१
बुटवल, Ward No. १२बुटवल उपमहानगरपालिका, रुपन्देही, लुम्बिनी प्रदेश, 32900, नेपाल
५००   (बुक गरियो६५ बाँकी४३५)
Sat Vigyan Paush 10-16, 2081
बुकिंग खुल्लाआगामी
पौष १०, २०८१ - पौष १६, २०८१
गणेश मार्ग, चावहिल, Ward No. ७काठमाण्डौं महानगरपालिका, काठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल
११०   (बुक गरियो बाँकी१०३)
जीवन रुपान्तरणका लागि ध्यान एवं साधनामुखी कार्यक्रमहरु

चरणवद्ध निर्देशनहरु

titleborder
१४ पाठ्यक्रमहरु
साधनामुखी कार्यक्रम

आफ्नो जीवनलाई ध्यान एवम् साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रूपमा विकसित बनाउन चाहने अध्यात्म अनुरागीहरूका लागि विशिष्ट साधनामुखी कार्यक्रमहरू निर्माण गरिएको छ ।

titleborder
पाठ्यक्रमहरु
जीवन व्यवस्थापन कार्यक्रम

हाम्रो जीवनलाई आन्तरिक र बाह्य रूपमा सुव्यवस्थित बनाउँदै सुख, शान्ति र समृद्धिको निर्माणमा सहयोग पुर्याउन जीवन व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू केन्द्रित छन् ।

titleborder
पाठ्यक्रमहरु
अनलाइन कार्यक्रम

कार्यव्यस्तताका कारण भौतिक कार्यक्रममा उपस्थित हुन सहज नहुने व्यक्तिका लागि आफ्नो घर वा कार्यालयमा नै बसेर गर्न सकिने कार्यक्रमहरु निर्माण गरिएको छ ।

भिडियो

हाम्रो भिडियो संग्रह

सद्गुरुदेव

जीवन विकास विषेशज्ञ

The science of awakening divine emotions Identify your core emotions, eliminate destructive...The science of awakening divine emotions Identify your core emotions, eliminate destructive...

गुरुदेवको प्रोफाइल हेर्नुहोस >>
guru
श्रद्धेय भानु गुरुदेव जीवन विज्ञानका संस्थापक
guru
श्रद्धेय रमेश गुरुदेव जीवन विज्ञानका संस्थापक
१३+वर्ष
७०+देशहरु
२,४००+प्रशिक्षक
४०,००,०००+सहभागी
२००+जीवनयोग प्रयोगशाला
तस्बिर पुस्तिका

हाम्रो फोटो संग्रह

Program Collection
Events Collection
Prayogshala & Others
नयाँ अवधारणाहरु

नयाँ ब्लगहरु हेर्नुहोस

गुरुदेव ब्लग
आत्मविश्वास किन मर्छ?


जुनसुकै उमेर समूहका मनुष्य भए पनि हामीमा आत्मविश्वासको कमी देखिन्छ। कसैको कम र कसैको धेरै मात्र हो आजको धेरै समस्यामध्ये आत्मविश्वासको कमी हुनु प्रमुख समस्या हो। चाहे पढ्ने विद्यार्थी होस् या व्यवसाय गर्न आँटेको व्यक्ति होस् आत्मविश्वासको कमीले उसले राम्रोसँग गर्न सक्दैन। सफलताको चाहना तीव्र  भए पनि  सोचे जसरी काम गर्न सक्दैन। आजको मनुष्यलाई वनको बाघले भन्दा पनि मनको बाघले खाएको छ। बढ्नुपर्ने आत्मविश्वास दिनहुँ घट्दै गएको छ। यसपालिको लेखमा आत्मविश्वास किन मर्छ भन्ने वरिपरि नै रहेर लेख्ने छु।

संकल्प के हो?
हर व्यक्तिको प्रमुख कुरा के हो?  संसारमा विद्वान् दार्शनिक, चित्रकार वैज्ञानिक, लेखक, प्राध्यापक, ऋषिमुनी कसरी बनेका होलान्? यस्ता महान् व्यक्ति जसको दर्शनले   आजको युगमा समेत हलचल ल्याइरहेको छ, तिनै कुराको वरिपरि रहेर खोजी तथा अनुसन्धान भइरहेको छ  उनीहरुको संकल्प हाम्रो जस्तै थियो होला?

विभिन्न खोज तथा अनुसन्धानका अनुसार जो व्यक्ति संकल्पमा हिँड्छ त्यो महान् बन्छ। कुनै पनि कुरा प्राप्त गर्न संकल्पविना सकिँदैन। हिजोआजका विद्यार्थी पढ्न मन लाग्दैन भन्छन्। उनीहरु जब पढ्न थाल्छन् उनीहरुको मन वरपर दौडन थाल्छ। साथी  के गरिरा होला ? त्यसले मलाई किन त्यसो भनेको होला ? चाहिनी नचाहिनी कुरा मनमा आउन थाल्छ। विद्यार्थीमा मात्र हैन अन्य व्यक्तिमा पनि यस्तो समस्या आउँछ। यसको अर्थ संकल्प क्षीण भएको हो। आत्मबल मरेको हो। संकल्प भएन भने हाम्रो जीवन अव्यवस्थित हुन्छ। जस्तो उदाहरणका लागि हाम्रा इन्द्रियहरु हाम्रो अधिनमा छ कि छैन भन्ने कुराले प्रभाव पार्छ। यदि हाम्रो जिब्रो शरीरलाई फाइदा नहुने खानेकुरा रुचाउँछ भने हाम्रो जिब्रो रोगी भइसक्यो भन्ने बुझ्नुपर्छ। निद्रा आउनुपर्ने बेलामा निद्रा आएन भने, प्रेम गर्नुपर्नेलाई घृणा मात्र आयो भने, काम गर्न खोज्दा काममा ध्यान गएन भने हामीले के  बुझ्नुपर्छ भने हामीमा संकल्प छैन। संकल्प नभएको व्यक्तिको आत्मविश्वास हुँदैन।


संकल्प कसरी बन्छ?
सफलता र खुसी चाहनेले संकल्पवान् हुनुपर्छ। संकल्पकै निमित्त मनुष्यको जन्म भएको हो। त्यसका लागि हाम्रा इन्द्रियहरु नियन्त्रण हुन जरुरी छ। संकल्पवान्को पहिलो सिँढी इन्द्रियलाई नियन्त्रण गर्ने हो। नियन्त्रण गर्नुको अर्थ उनीहरुको कामै नगर्ने भन्ने हैन। जस्तो जिब्रोले हामीलाई जे माग्छ त्यो खाने हैन। जे स्वस्थ छ त्यो खाने हो। त्यसका लागि आफूलाई व्यवस्थित बनाउनुपर्छ। हामी आफूभित्र संकल्प गरौँ। बिहान ५ बजे उठ्छु भनेको छ भने ५ बजे उठ्ने। आधा घण्टा व्यायाम गर्ने संकल्प गर्ने हो भने त्यो जसै गरि गर्नुप¥यो।  यसरी आफूले आफूलाई व्यवस्थित गर्न सक्नुप-यो। मनोवैज्ञानिक स्टभीन कविको भनाइ छ संसारमा आफूले आफूलाई जित्नु हो। जब आफूले आफूलाई जित्न सकिन्छ तब संसार जित्न सकिन्छ। स्वास्थ्य आफैँले आफैँलाई जित्दा प्राप्त हुने कुरा हो।

संकल्पवान् हुनका निमित्त जुनसुकै काममा पनि ध्यान बढाउँदै लैजानुपर्छ। जब ध्यान बढ्दै जान्छ तब आज्ञा चक्र सक्रिय हुन्छ। संकल्पवान् हुनका निमित्त निरन्तर अभ्यास हुन जरुरी छ। सुरु गरेको कामलाई निरन्तरता दिनु आजको युवापुस्ताको प्रमुख समस्या हो। यसलाई चिरेर अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति संकल्पवान् बन्छ।


संकल्प तोडियो भने के हुन्छ?
हामी अधिकांशको बानी के हुन्छ भने अब यसो गर्छु उसो गर्छु भनेर योजना बनाउँछौँ। सुरुमा योजना साकार पार्न मरिमेटेर लाग्छौं। एक दुई दिनपछि गरिराखेको काम छाडीदिन्छौ। जसले यसो गर्छ त्यो व्यक्ति अन्धकारमा जाकिन्छ। बाहिरको कानुन तोडियो भने अदालतले कारबाही गर्छ। जीवनको कानुन तोडियो भने जीवनले नै दण्डित गर्छ। अरुलाई ठग्ने ठग हो भने आफूलाई ठग्ने महाठग हो। आफूलाई ठगेपछि मन चञ्चल हुन्छ। मन विचलित हुन्छ जब मन विचलित हुन्छ तब विचार विचलित हुन्छ। मान्छेको विचारै विचलित छ भने जीव नै अव्यवस्थित हुन्छ।

अव्यवस्थित व्यक्तिले जीवनमा केही गर्न सक्दैन। खान, सुत्न शरीरको तालमेल मिलाउन नसकेको व्यक्तिको मानसिक स्वास्थ्य पनि ठिक हुँदैन। जसले गर्दा सानोसानो काम पनि बिग्रने, रिसाउने, आँटेको नपुग्ने हुन्छ।


आफू व्यवस्थित कसरी हुने ?
सानो काम होस् या ठूलो काम सबैभन्दा ठूलो कुरा निरन्तरता हो। निरन्तरताले बल जन्माउँछ। हरेक दिन गरिने कामले कामप्रति एकाग्रता हुन सिकाउँछ। एकाग्रताले नै हरेक काममा सफल हुन सिकाउँछ। जुन काम गर्न खोजिएको हो। त्यो काममा केन्द्रित हुन जरुरी छ।  अरुको विचारले हैन आफ्नै विचारले परिचालित हुनुपर्छ।

जब व्यक्ति आफूतिर फर्केर हरेक कुरामा फोकस हुन थाल्छ। तब ऊ व्यवस्थित हुन्छ। जब दैनिकी व्यवस्थित हुन्छ तब उसले समयको महत्त्व बुझेको हुन्छ। समय अमूल्य चिज हो। हामी समयको भाव छ भन्छौ। समय आफँैमा धेरै वा थोरै हुँदैन चाहिने काममा कतिको प्रयोग गरेका छौं या छैंनौ त्यसमा भर पर्छ। समय अभाव कहिल्यै हुन्न अभाव त समयको व्यवस्थापनको हुन्छ। जब हामी यो कुरालाई रियलाइजेसन गर्छौं तब ‘जीवन  व्यवस्थित हुन्छ र हामी व्यवस्थित हुन्छौँ।

आत्मबल कसरी मर्छ?
जीवन कसरी जिउने भन्ने कुरा आफ्नै हातमा छ। त्यस्तै आत्मविश्वास जगाउने कि मार्ने भन्ने कुरा पनि आफैँमा भर पर्ने कुरा हो। आत्मविश्वास मर्नुको कारण आफँैलाई ठगेर हो। आफूले आफ्नो जीवनमा संकल्प गरेको कुरा नपुराएपछि आत्मविश्वास गुम्छ।

आत्मविश्वास गुम्ने अर्काे कारण भनेको कामप्रतिको आलस्यता, अल्छी हो। बहाना बनाउने अर्काे ठूलो रोग हो। जब जहिल्यै अल्छी लाग्छ भने त्यो मरिसक व्यक्ति हो भन्ने बुझे हुन्छ। जो अल्छी छ त्यसले बहाना बनाउँछ। अंग्रेजीमा एउटा भनाइ छ कुनै पनि काम नगर्ने धेरै बहाना खोज्नुभन्दा काम गर्ने एउटा बहाना बनाउनु राम्रो हो।

सयौँ बहाना बाजी आजको मनुष्यको खतरानाक रोग हो। काम गर्न नसक्ने अनि बहाना बनाउने एक प्रकारको रोगै हो। हामी पढ्न प-यो, काम गर्न प¥यो भन्छौ यहाँ भनाइमा नै गलत छ। पढ्न प¥यो काम गर्न प¥यो भन्ने हैन पढ्न पाइयो, काम गर्न पाइयो भनौँ।

मरेको आत्मबल कसरी जगाउने?
आत्मबल मार्नु भनेको बिस्तारै आत्महत्या गर्नु बराबर हो। ल, हुन्छ, एकछिन, गरिहाल्छु भन्ने अनि काम नगर्ने बानी छ भने तुरुन्तै हटाउँदा हुन्छ त्यो बानी। आफूले ताकेको काम गर्नका निमित्त जतिखेर पनि तयार हुनुपर्छ। चाहे रात होस् चाहे दिन होस्। काममा भरोसा गर्ने निरन्तरता तत्परताको साथ लागि पर्ने हो भने मरिसकेको आत्मबल जाग्छ।  कामप्रतिको निरन्तरता, संकल्पता, तत्परता र  एकाग्रता भयो भने त्यो व्यक्तिको आत्मविश्वास बढेर आउँछ। आफूले काम गरिसकेपछि परिणाम जे निस्कन्छ त्यसको लागि आफैं तयारी हुनुपर्छ। परिणामसँग डराउने हैन। फल आफ्नो हातमा हुन्न कर्म आफ्नो हातमा हुन्छ। स्वतन्त्र प्राणीको आत्मविश्वास सधैँ जागरुक हुन्छ।



०६ मंसिर, २०८१
सेयर
गुरुदेव ब्लग
महामारीका रूपमा फैलिँदै छ तनाव

​विश्वका अनेक प्राणीहरूमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ। तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ। समयमा तनाव व्यवस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ। तनाव विश्वकै ठुलो महामारीका रूपमा लिने गरिएको छ।

मानिसलाई जस्तोसुकै रोगहरू पनि लाग्न सक्छ, त्यसको समयमै उपचार हुन सके निको पनि हुन्छ तर तनाव आएपछि सजिलैसँग त्यसबाट मुक्ति पाउन सकिँदैन। विश्व स्वास्थ्य सङ्गठनले तनावलाई जटिल स्वास्थ्य समस्याका रूपमा लिएको छ। तनावमा रहेको व्यक्तिले न राम्ररी सोच्न सक्छ, न बोल्न नै। यसका कारण उसको अरू व्यक्तिसँगको सम्बन्ध पनि बिग्रँदै जान्छ। त्यसैले अहिले मानिसको सबैभन्दा ठुलो समस्या भनेकै तनाव हो।
मानिसको शरीरमा लाग्ने रोगको ७० देखि ९० प्रतिशत रोगहरू तनावकै कारण लाग्ने गर्दछ। तनावकै कारण ससाना व्यक्तिगत समस्यादेखि विश्वमा ठुलाठुला युद्ध, आतङ्कवादी घटनाहरू हुने गरेका छन्। तनावको समस्या पहिल्याउनु नै अहिलेको मुख्य चुनौती बनेको छ। पश्चिमा देशहरूले तनाव व्यवस्थापनका लागि थुप्रै कार्यक्रम ल्याएका छन्। अमेरिकामा कुनै एउटै संस्थाले चालिस वर्षको बजेट बराबर खर्च गर्ने नभएर कूल तनाव व्यवस्थापनमा निजी क्षेत्रले गर्ने रकम नेपालको बजेटको ४० गुणाभन्दा बढी हुन्छ तर परिणाम शून्य छ। त्यसैले तनाव व्यवस्थापन खर्चिलो मात्र नभई समस्याको निदान नहुने भएकाले यसबाट पहिले नै सतर्क हुन आवश्यक छ। मानिसले आफ्नो दैनिक बानीमा केही परिवर्तन गर्नाले तनाव कम गर्न मद्दत पुग्न सक्छ।


तनावका मुख्य कारण
आज हरेक व्यक्ति कुनै न कुनै तनावबाट ग्रस्त छ। तनावको मूल कारण जीवनमा जुन परिवर्तन आएको छ, त्यसलाई आत्मसात् गर्न नसक्नु हो। समय क्षणक्षणमा बदलिएको छ तर हामी पुरानो सोच र आग्रहबाट ग्रसित छौँ। जसले गर्दा तनाव सृजना हुने गर्दछ। मानव जीवनको मूल लक्ष्य भनेकै खुसी हुनु हो। खुसी हुन नसक्नु तनावमा जानु हो। धेरै डिजिटल उपकरणहरूको प्रयोग गर्नु, निरन्तर रक्सी पिउनु, धेरै क्याफिन उपभोग गर्नुले पनि मानिसको जीवनमा थप तनाव ल्याउने गर्दछ। अर्को कुरा मानिसले समयको सही सदुपयोग गर्न नसक्दा पनि तनाव सृजना हुने गर्दछ।
अर्काको इष्र्याले पनि तनाव सृजना गर्दछ। मानिसमा इष्र्या भावले गर्दा सम्बन्धमा दरार आउने गरेको छ। इष्र्यामा अरूलाई दबाउन खोजिन्छ। अरूभन्दा धनी कसरी बन्ने, म नै राम्रो हुँ भन्ने भाव बढ्नु उपभोक्तावादी र प्रतिस्पर्धात्मक संस्कारको उपज हो।

तनाव व्यवस्थापनका उपाय
तनाव व्यवस्थापन गर्ने एउटा राम्रो उपाय भनेको अध्यात्म हो। अध्यात्मलाई ध्यान र योगसँग जोड्न सकिन्छ। जीवनमा आएका चुनौतीहरूको समाधान गर्न सक्ने क्षमता घट्न गएमा तनाव हुने गर्दछ। जस्तो भनौँ कि कुनै चुनौती हाम्रा अगाडि आयो, त्यसलाई एक सय अङ्क दियौँ। त्यो चुनौतीको सामना गर्न सक्ने हामीसँग ४० बराबरको क्षमता छ भने नपुग ६० अङ्क भनेको तनाव हो।
त्यसैले ६० अङ्कलाई घटाउन हाम्रो क्षमतालाई बढाउँदै लैजानुपर्छ। जति मात्रामा बढाउँदै लैजान सकिन्छ तनाव त्यति नै घट्दै जान्छ। परिस्थितिलाई बदल्न सकिँदैन, तर मनस्थितिलाई बदल्न सकिन्छ। जीवनमा चुनौतीहरू आइरहन्छन्, त्यसलाई तनावका रूपमा लिने होइन, त्यसको समाधानका लागि हामीले हामीभित्र रहेको क्षमतालाई बढाउँदै लैजानुपर्छ। म गर्न सक्छु भन्ने आत्मविश्वास जागृत भएमा जस्तोसुकै चुनौती पनि सजिलै समाधान गर्न सकिन्छ। त्यसलै मानिसभित्र जीवनको बोध हुनुपर्छ।

शरीर, मन र चेतनालाई दुरुस्त राख्नुपर्छ। शरीरलाई ऊर्जाशील र स्वस्थ बनाइराख्नुपर्छ। मानिसको शरीरमा इन्डोर्फिन रस नामक हर्मोन जन्मन्छ, यो जति बढी भयो, तनाव कम हुँदै जान्छ। हरेक दिन आधा घण्टा मात्रै व्यायाम गर्‍यो भने पनि त्यस्तो हर्मोन बढ्न जान्छ र मानिस तनावमुक्त हुन्छ। त्यस्तै मनमा भएका तनाव हटाउन हरेक दिन गरिने प्राणायाम एउटा प्रभावकारी विधि हुनसक्छ। यसमा नमस्कार विधि निकै प्रभावकारी देखिएको छ। यो विधि हाम्रा ऋषिमुनिहरुले हजारौँ वर्षदेखि अभ्यास गर्दै आएका छन्।
यसै गरी ध्यानले पनि तनावलाई जरोदेखि नै उखेल्न मद्दत गर्दछ। त्यसबाहेक जीवनमा मैले जित्नैपर्छ भन्ने भावनालाई पनि त्याग्नुपर्छ। हारलाई सहिज रूपमा स्वीकार गर्ने व्यक्ति सधैँ तनावमुक्त रहन्छ। यसलाई हारले हराउन सक्दैन, बरु जित्नका लागि थप बद पुग्दछ। त्यसलै भनिन्छ नि, असफलता नै सफलताको सिँढी चढ्नु हो। किनकि हारले मन मस्तिष्कलाई कमजोर बनाउँदैन। जसरी कुनै खेलाडीले आज खेलमा पराजय भोग्नु परे पनि अरूको सफलतामा रमाउँछ र भोलि विजय हुने अठोट राख्छ।
सम्बन्धमा जहिले पनि लिनु र दिनुभन्दा सकारात्मक सम्बन्ध बनाइराख्न जोड दिनुपर्छ। अरूलाई स्वीकार गर्ने व्यक्तिले मात्रै सम्बद्ध बनाउन सक्छ। आज हाम्रा कार्यालय, अफिसहरूमा यही सम्बन्धको अभाव रहेका कारण आपसमा द्वन्द्व, बेमेल र अविश्वास झाँगिँदो छ। अहिले हरेक व्यक्ति वा कार्यालयका प्रमुखहरूले आर्थिक मन्दीलाई मुख्य समस्या देखाउने गरेका छन्। वास्तवमा त्यो भन्नु आफूले आफ्नो क्षमतालाई बढाउनेतर्फ बेवास्ता गर्नु हो।
आफू र आफ्ना मातहतका कर्मचारीहरूलाई कम्तीमा तीन महिनामा एकपटक तनावमुक्त गर्ने तालिम दिन सकिएमा प्रतिफल राम्रो आउनेछ। मानव संसाधनमा लगानी गर्नु भनेको क्षमतामा लगानी गर्नु हो। अब कार्यालयहरूमै ध्यान, प्राणायाम गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ। ध्यानले अल्पकालीन तनावबाट राहतका साथै दिगो तनाव व्यवस्थापनका फाइदाहरू ल्याउँछ भने योगले शारीरिक ध्यान, हल्का व्यायाम र नियन्त्रित श्वास फेर्ने प्रक्रियालाई संयोजन गर्छ। योगले तनावको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्छ। योगले विभिन्न प्रकारका शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक लाभहरू प्रदान गर्छ।
त्यस्तै स्वस्थ आहारले लामो समयसम्म तनावसँग लड्न मद्दत गर्न सक्छ। काम गर्ने भनेको मानिसले हो, यसलाई नै स्वस्थ बनाउन सकिएन भने कुनै सकारात्मक परिणाम आउन सक्दैन। शारीरिक गतिविधि तनाव व्यवस्थापन र मानसिक स्वास्थ्य सुधार गर्नका लागि महत्त्वपूर्ण छ। तनाव व्यवस्थापन गर्न हिँड्ने, जिम जाने, पौडी खेल्ने जस्ता शारीरिक व्यायाम गर्न सकिन्छ। सवारी साधान चढ्ने व्यक्तिले पनि सम्भव भएसम्म हप्तामा एक वा दुई दिन मात्रै भए पनि हिँडेर घर कार्यालय आउजाउ गरेमा घर वा कार्यालयको तनाव धेरै नै कम हुन सक्छ। समय व्यवस्थापन अर्थात् समयभित्र आफू व्यवस्थित रहनु भनेको समस्या आउन नदिनु हो।
समय व्यवस्थापनका लागि हरेक दिन बिहान योजना बनाएर काम गर्नुपर्छ। योजनासँगै लक्ष्य राख्नुपर्छ भने आफ्नो काम सम्पन्न गर्नका लागि ध्यान दिनुपर्छ। कुनै गाह्रो काम भए त्यसलाई पन्छाएर नभई पहिले नै गरेर सक्नुपर्छ। अनावश्यक रूपमा समयलाई बरबाद हुन दिनु हुन्न। समयको सदुपयोगले तनावलाई रोक्न मद्दत गर्छ। हरेक व्यक्ति ब्रह्माण्ड हो, यसको जन्म अरूलाई हराउन होइन, जिताउन सक्छु भन्नेमा यसको ध्यान जानु पर्दछ। आफूभित्रकै क्षमता जागृत गरी प्रत्येक व्यक्तिले प्रगति गर्न सक्छ। कसैसँग प्रतिस्पर्धा गरिरहनु नै पर्दैन। इष्र्या, वैमनस्य नराखी आफ्नो क्षमता उपयोग गर्न सकिएमा तनाव स्वतः कम हुन्छ।(जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित) रासस

२६ कार्तिक, २०८१
सेयर
गुरुदेव ब्लग
जगाऔं आफैंलाई

मानव भए पनि हामीले आफैंसँग भएको ऊर्जासमेत प्रयोग गर्न जानेनौं। समस्या नै यही छ। जब जान्दछौं तब सबै समस्याको निराकरण स्वयंबाट सम्भव छ।

ककर्मअनुसार हामीले आफ्नो शक्तिलाई कुन क्षेत्रमा कसरी प्रयोग गर्ने थाहा पाउनु पर्छ। थाहा नपाएर धेरैले धेरै समस्या भोगिरहेका छन्। त्यसो त थाहा पाएर मात्र पुग्दैन, सोहीअनुसार प्रयोग गर्न पनि जान्नु र सक्नुपर्छ। शरीरमा भएका सातवटै शक्ति केन्द्रहरूको प्रयोगले न व्यक्ति मानसिक रोगले आक्रान्त हुन्छ न शारीरिक समस्याले आकुलब्याकुल।

हो, शरीरका सात शक्तिकेन्द्र अर्थात् सात चक्र चलायमान बनाएपछि व्यक्ति स्वस्थ्य नहुने र सही परिणाम नआउने भन्ने सम्भावना नै हुँदैन। आफ्ना चक्रहरूलाई जान्यौं, जगायौं र कामअनुसार चक्रहरूलाई प्रयोग गर्न सक्यौं भने त हाम्रो जीवन आहा ! हुन्छ। यसपछि त जता गयो जिन्दगी त्यतै रमाइलो, जति जियो उति रमाइलो। मात्र आफ्नो कर्मअनुसार चक्रलाई प्रयोग गर्न जान्नुपर्छ। सातवटा चक्रलाई परिस्थितिअनुसार प्रयोग गर्नुपर्छ।

व्यक्तिले आफैंसँग भएको ऊर्जालाई चलाउन जानेन वा प्रयोग गर्न जानेन वा गरेन भने समस्या मन र शरीर दुवैमा देखिन्छ। फेरि जान्यो वा प्रयोग गर्‍यो भने सबै मानसिक र शारीरिक समस्याको अचुक औषधि बन्छ, चक्र विज्ञान। जसले आफैंसँग भएका शक्ति केन्द्रहरूको विषयमा ज्ञान लिन र प्रयोग गर्न सिकाउँछ। यदि व्यक्तिले चक्रहरूको ज्ञानलाई प्रयोग गर्‍यो भने त्यो विज्ञान बन्छ। ज्ञान त कुनै विषयलाई जान्नु मात्रै हो। दुइटा चिज मिसाएर परीक्षण गरेपछि त्यो विज्ञान बन्छ। यसलाई चक्रको विज्ञान भनियो। चक्र त हामीसँगै छ। जीवनलाई त्यही चक्रले प्रभाव पारेको हुन्छ। त्यो चक्रको विज्ञानलाई बुझ्नु, जान्नु र आफू अनुकूल प्रयोग गर्नुपर्छ। आफ्नो हित र उन्नतिका लागि सात शक्तिकेन्द्रलाई प्रयोग गर्नु चक्र विज्ञान हो।

 

किन गर्ने चक्रहरूको प्रयोग ?

मानिसमा समस्या त धेरै छन्– शारीरिक, मानसिक, भौतिक र सामाजिक। जुन बढ्दै गएको देखिन्छ। समाजको समस्याबारे केही साताअघि स्वास्थ्य मन्त्रीले एउटा सन्दर्भ उठाउनुभयो– ‘प्रत्येक १०० जनामा १० व्यक्तिलाई मानसिक समस्या छ। अब यो समस्या कसरी समाधान गर्ने ? स्वास्थ्य क्षेत्रलाई विस्तार गर्नुपर्‍यो।’ तर समस्याको समाधानभन्दा पनि महत्त्वपूर्ण, समस्या कहाँबाट कसरी उत्पन्न भयो भनेर खोज्नुपर्छ। समस्याको उद्गमस्थल थाहा भयो भने समाधान सहज हुन्छ। अहिलेको मानसिक समस्याको मूल कारण अस्वस्थ प्रतिस्पर्धा नै हो। प्रतिस्पर्धा युग हो तर स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्छ। विपरीत धारमा चलिरहेकाले सामाजिक सम्बन्ध, पारिवारिक सम्बन्ध र व्यक्तिको आफैंसँगको सम्बन्ध कमजोर भएको छ। टुटेको अवस्था छ।

व्यक्तिले न आफूसँग, न परिवार न त समाजसँगै राम्रो सम्बन्ध राख्न सकेको छ। सम्बन्धमा जहाँ गडबडी आउँछ, त्यहाँबाट मानसिक समस्या सुरु हुन्छ। मानसिक समस्या शारीरिक समस्या हुँदा पनि उत्पन्न हुन्छ। जुन नगण्य रूपमा छ। किनभने शरीरमा जतिसुकै समस्या भए पनि आफूलाई माया गर्ने व्यक्ति वरिपरि भइदिए त्यस्तो अवस्थामा उसले त्यो अनुभव नै गर्दैन। त्यो प्रेमले जितेको अवस्था हो र त ऊ सकारात्मक भइहाल्छ। तर व्यक्तिको समस्याको मूल कारण सम्बन्धमै देखिन्छ। सम्बन्धका तीन आयाम हुन्छन्। एउटा, मान्छेले आफैंसँगको सम्बन्ध बिगार्‍यो अर्थात् आफैंसँग कस्तो सम्बन्ध राख्ने त्यो थाहा भएन। अर्को, परिवारसँग कस्तो सम्बन्ध राख्ने पनि ज्ञान भएन। तेस्रो, समाज अथवा कर्म क्षेत्र र प्रकृति इत्यादिसँग कस्तो सम्बन्ध राख्ने भन्ने पनि ज्ञान भएको पाइँदैन। सम्बन्ध बिग्रिएपछि मानसिक समस्या सुरु हुन्छ।

अहिलेको परिवारलाई हेर्नुहोस्, बाबुआमा आआफ्नै धुनमा व्यस्त छन्। सन्तानका लागि अभिभावकसँग समय छैन। कतिपयलाई लागेको छ– ‘पैसा भए पुग्छ, दिएकै छु तर मसँग समय छैन। पत्नी वा छोराछोरीलाई यति धेरै खर्च गरेको छु, योभन्दा कति गरौं ?’ पैसालाई प्राथमिकतामा राख्यौं। भावनालाई आझेलमा पार्‍यौं। यसकारण बालबालिकादेखि नै मानसिक समस्या तीव्र गतिमा बढेको छ। विद्यालयमा पढाइ भारी छ, गृहकार्य पनि दिएको हुन्छ। घरबाट पनि उसमाथि उत्तिकै अपेक्षा हुन्छ। समस्या बुझिदिने र समाधान गरिदिने कोही हुँदैन। बोझैबोझले सानैदेखि उनीहरूको मानसिकतामा समस्या पर्ने स्थिति छर्लंग छ।

स्वास्थ्यमन्त्रीले भने झैं स्थिति विकराल छ। किनकि १०० जनामा १० जना मानसिक समस्यामा हुनु भनेको सानो कुरा होइन। यो त देशै रोगी बन्ने स्थिति हो। मानसिक समस्यामा भएको व्यक्तिले के पो राम्रो गर्न सक्ला ? जीवन त उसको रोकियो नै त्यसले परिवार, समाज र देश सबैलाई घात गर्छ। सबै बिग्रिने भयो। यसबाट कसले बचाउने ? एकपटक आफैंभित्र नियाल्यौं भने जवाफ पाइहाल्छौं। आफैंभित्रका शक्तिकेन्द्रहरू अथवा चक्र विज्ञानको प्रयोग नै काफी छ मानसिक समस्याबाट पार पाउने।

चक्र विज्ञानले के गर्छ मानसिक मात्र होइन, शारीरिक स्वास्थ्य पनि बनाउँछ। अनि हामी अधिकांशलाई थाहा भएको पनि यिनै दुईवटा हुन्। जबकि व्यक्तिसँग स्वास्थ्यका सातवटा क्षेत्र छन्– शारीरिक स्वास्थ्य (मूलाधार चक्र¬¬), मानसिक स्वास्थ्य (स्वाधिष्ठान चक्र¬), प्राणिक स्वास्थ्य (मणिपुर चक्र), भावनात्मक स्वास्थ्य (अनाहत चक्र), बौद्धिक स्वास्थ्य (विशुद्धि चक्र), आत्मिक स्वास्थ्य (आज्ञा चक्र) र परम स्वास्थ्य (सहस्रार चक्र) भनेर भनिन्छ। हो, सात प्रकारका स्वास्थ्यका क्षेत्रहरू छन्। जसले यी सातैवटा क्षेत्रलाई चलाउन जान्यो, उसले स्वस्थ पायो। व्यक्तिलाई स्वस्थ्य बनाइदिए पुग्दो रहेछ। परिवार, समाज र देश त स्वतः स्वतः बन्छ।

 

मूलाधार चक्रले बढाउँछ शारीरिक क्षमता

सातवटा स्वास्थ्यमा पहिलो चक्र हो, मूलाधार। जीवनको मूल आधार यही नै हो। हेर्दा त शरीर हो तर त्यसको मूल आधार भनेको चेतना हो। चेतना छ भने शरीर चल्छ, छैन भने न शरीर चल्छ न त मन नै। अचेत भएपछि त सबै सकियो। जे गर्छ, चेतले गर्छ। तर पनि यसलाई जगाउने काम कहिल्यै गरेनौं। चेतना, होस र सजगता बढाएमात्र मान्छेले प्रगति गर्न सक्छ। ध्यान काममा लागेमात्र व्यक्ति सफल हुन्छ। ध्यान लगाउने कला चेतनाको कला हो यो जान्नुपर्छ। ध्यान लगाएर काम गरे स्वतः आनन्द आउँछ। आनन्द खोज्न कहीँ जानु पर्दैन। आनन्दित व्यक्ति कहिल्यै रोगी हुँदैन।

शारीरिक एवं मानसिक रोगका लागि आनन्द त्यस्तो औषधि हो। जसरी उज्यालो र अँध्यारो एउटै बट्टामा हाल्न सकिँदैन, त्यसैगरी आनन्द र पीडालाई एकैपटक भोग्न सकिँदैन। जस्तो मूलाधार चक्र जगाउन सके व्यक्ति दिनभर श्रम गर्न सक्छ। १०–१२ घण्टा उकालो ओरालो हिँड्नु छ भने यस्तोमा मान्छे थाक्छ। यस्ता बेला आफ्नो शक्तिलाई पूरै खिचेर मूलाधार चक्रमा शक्ति लैजाने विधि प्रयोग गर्नुपर्छ। पूरै शक्तिलाई मूलाधारमा लगेर कसैले काम प्रारम्भ गर्छ भने बेलुकासम्म थकाइ भनेको के हो थाहै हुँदैन।

 

मानसिक स्वस्थ्य बनाउँछ स्वाधिष्ठानले

स्वाधिष्ठान चक्रले मानसिक क्षमतालाई बढाइदिन्छ। हाम्रो मनलाई दुःखी हुन दिँदैन। प्रफुल्ल हुन्छ मन। खुसी मनले जे गर्छ, राम्रो मात्रै हुन्छ। यो चक्र कमजोर भएको मान्छे दुःखी हुन्छ। ऊ रमाउनै सक्दैन। जता हेरे पनि उसले मन बुझाउन सक्दैन, ठावै भेट्दैन। स्वाधिष्ठान चक्र राम्रो बनाए यी समस्या स्वतः निराकरण हुन्छन्। यो चक्र सबल हुँदा व्यक्तिको काम गर्ने क्षमता बढेको अनुभव उसलाई हुन थाल्छ। यसले बौद्धिकता बढाउन पनि मद्दत गर्छ।

मनलाई सदा उमंग र उत्साहमा बदल्न सक्छ। यसैगरी कसैलाई विवाह, व्रतबन्ध, पिकनिक वा पार्टीमा मनोरञ्जन गर्नु छ भने त्यस्तोबेला आफ्नो ऊर्जालाई खिचेर स्वाधिष्ठानमा ल्याउनु पर्छ। त्यसपछि व्यक्ति जस्तासुकै समस्या भए पनि खुसी हुन सक्छ। यसरी प्रफुल्लता दिनभर
रहन्छ। कसैले पनि यो मान्छे अलिकति दुःखी छ भनेर कसैले कहिल्यै अनुमान गर्न सक्तैन।

 

प्राणिक स्वास्थ्यमा छ आँटसाहस

प्राणिक स्वास्थ्य मणिपुर चक्रमा लुकेको हुन्छ। हाम्रो शक्ति ऊर्जा भनेकै प्राण हो। हाम्रो श्वासभन्दा ठूलो शक्ति अरू केही छैन। जीवनले जति शक्ति प्राप्त गर्छ, श्वासबाटै गर्छ। जब व्यक्तिमा प्राणिक स्वास्थ्य कम हुन्छ तब आत्मविश्वास गुम्छ। केही गर्न सक्छु भन्ने नै लाग्दैन उसलाई। 

अरूको पछाडि लागेर त उसले गर्न सक्ला तर आफैं अग्रसर भएर नेतृत्व लिएर गर्ने आँट हुँदैन। उसको आँट, साहस कमजोर हुन्छ। सबैभन्दा ठूलो भनेकै आत्मविश्वास हो। मान्छेले गरिखाकै आँटले त हो। शरीरमा बल भए पनि यो चक्रमा समस्या आए व्यक्ति अर्को मान्छे देख्दा पनि डराउन सक्छ। बल भए पनि धन भए पनि प्रयोग गर्न सकेन भने के गर्नु ? म गर्न सक्छु भन्न यो चक्र जगाउनु पर्छ। मैले त देशकै मणिपुर चक्र बिग्रिएको देखेको छु।

युवालाई स्वदेशमै बसेर केही गर्न सक्छु भन्ने आँट छैन। बाहिर गयो भने केही होला कि ? युवामा देखिएको भयावह यो स्थितिले त्यही भन्छ। यदि युवा पलायन रोक्नु छ भने विद्यार्थीकालबाटै चक्र विज्ञान गराउनु पर्छ। मणिपुर चक्र जगाइदिउँ त लौ कसरी बाहिरिन्छ कोही ? व्यक्तिमा आँटसाहस आउँछ, मेरै ठाउँमा बसेर केही गर्न सक्छु भन्छ उसले। अभिमान अहंकार हो, स्वाभिमान सम्मान। कुनै काम गर्नु छ तर आँटहिम्मत आइरहेको छैन। कठिनभन्दा कठिन चुनौतीपूर्ण कामलाई पनि उसले सजिलै पार गर्न सक्छ। यसो भए मणिपुर चक्रमा व्यक्तिले काम गर्न जरुरी छ।

 

सम्बन्ध सुधार्ने चक्र अनाहत

अनाहत (अनाहद) चक्र भनेको भावनात्मक स्वास्थ्य हो। शारीरिक स्वास्थ्य (बल)भन्दा हजारौं गुण शक्तिशाली हुन्छ मानसिक स्वास्थ्य (बल)। मानसिक बलभन्दा हजारौं गुणा शक्तिशाली हुन्छ भावनात्मक बल। भावनात्मक स्वास्थ्य बिग्रेपछि अरूसँगको सम्बन्ध बिग्रन थाल्छ। त्यसपछि उसको न परिवार, न साथीभाइ, न सहकर्मी न त इष्टमित्र, सबैसँग समस्या सुरु हुन्छ। हुँदाहुँदा व्यक्तिको आफूसँगै पनि बिग्रन्छ।

सम्बन्धका तीन आधार हुन्छन्। धेरैको सम्बन्ध तीनवटै बिग्रिएको स्थिति छ। यसैबाट भएभरको मानसिक समस्या जन्मिएको छ। मानसिक समस्याको जड कहीँ छ भने भावनात्मक सम्बन्ध बिग्रनुमा छ। अनाहत चक्र राम्रो भइदियो भने त्यो चक्रलाई जगाइदियो भने कस्तो गजब हुन्छ उही मान्छे। टिममा बसेर काम गर्न सक्छ, मन पराउँछ। अहिलेको युगमा प्रगति गर्नु छ भने टिममा बसेर काम गर्नुपर्छ। ‘संघे शक्ति कलियुगे।’ शक्ति त संघमा बसेको छ। टिममा बसेर काम गर्नुभयो भने सबैको प्रगति हुन्छ। अनाहत चक्र बिग्रेपछि मान्छे टिममा बसेर काम गर्न सक्तैन। जहाँ पुग्छ किचकिच गर्ने, अरूलाई होच्याउने, अरूलाई खसाल्ने, म ठूलो हुँ भन्ने प्रवृत्ति देखाउँछ।

सम्बन्धको कुरा छ। कसैसँग राम्रो सम्बन्ध बनाउनु छ वा बिग्रेको सम्बन्धलाई सपार्नु छ भने अथवा कतै गएर राम्रो सम्बन्ध बनाएर काम लिनु छ भने पूरै शक्ति आफ्नो अनाहत चक्रमा खिच्नुपर्छ। ऊर्जालाई खिचेर अनाहत चक्रमा राखेपछि राम्रो सम्बन्ध बनिदिन्छ। कुनै खटपट थियो र ? भन्ने अवस्था बन्छ।

बौद्धिक स्वास्थ्य बनाउने विशुद्धि चक्र

अनाहतभन्दा माथि विशुद्धि चक्र छ। विशुद्धि चक्रलाई बौद्धिक स्वास्थ्य भनिन्छ। बौद्धिक स्वास्थ्य कमजोर भएपछि उसले घटना भएपछि घटनालाई घटनाको रूपमै हेर्दैन। विशुद्धि चक्र बिग्रे र नबिग्रेको व्यक्तिबीच स्पष्ट फरक देखिन्छ। नराम्रो घटना घट्यो भने व्यक्ति आतिन्छ। आतिने व्यक्तिलाई लाग्छ, मेरो मात्रै यस्तो भएको हो। लौ बर्बादै भयो, चौपट्टै भयो। अब के हुन्छ होला ? उसको बिलौना सुरु हुन्छ। तर जसको विशुद्धि चक्र ठीक छ, ऊ कहिल्यै बिलौना गाउँदैन, बरु विश्लेषण गर्छ घटनालाई। त्यो घटनाको कारण के हो ? विश्लेषण गर्छ। उसका लागि त्यो घटना अध्ययन, अनुसन्धानको विषय बन्छ। अनि निष्कर्ष निकालेर भन्छ, घटना त यसरी यस कारणले पो भएको रहेछ। अब त यसो गर्नुपर्छ भन्छ। उसले त त्यसैलाई अवसरको रूपमा पो लिन्छ।

हरेक घटनालाई विश्लेषण गर्ने बौद्धिक क्षमता पो उसभित्र जागृत हुन्छ। बौद्धिक त्यसलाई भन्छौं, जसले धेरै किताब पढ्छ। तर हैन, किताब पढ्दैमा व्यक्ति विद्वान् कहाँ हुँदो रहेछ र ? बौद्विक व्यक्तिको त स्वभावै फरक हुन्छ। उसले त प्रत्येक घटनालाई किताब बनाउँछ र पढ्छ जीवनलाई जुन बौद्धिक स्वास्थ्य हो। बौद्धिक स्वास्थ्य कमजोर भयो भने स्मरण शक्ति कमजोर हुने किताब पढ्न मन नलाग्ने हुन्छ। पहिला जस्तो थियो, व्यक्ति ठ्याक्कै त्यही अवस्थामा फर्किन्छ। जस्ताको तस्तै हुन्छ व्यक्ति। विशुद्धि चक्र कमजोर भयो भने विचार असन्तुलित हुन्छ। मनमा धेरै विचार आउँछन्। मान्छेहरू भन्छन् नि ध्यान गर्‍यो ध्यान नै लाग्दैन। त्यसैले पहिला विशुद्धि चक्र ठीक गर्नुपर्छ अनि लाग्छ ध्यान।

 

आज्ञा चक्र अर्थात् आत्मिक स्वास्थ्य

आत्मिक स्वास्थ्य जसलाई आज्ञा चक्र भनिन्छ। आत्मा भनेकै हाम्रो दृढता, अठोट र संकल्प रहेछ। जुन व्यक्तिसँग संकल्पशक्ति वा संकल्प छैन, त्यो व्यक्तिले दुनियाँमा केही पनि गर्न सक्तैन। आत्माले नै गर्न सक्छ भनेपछि काम गर्न सकिन्छ। अन्यथा केही गर्न सक्दिनँ भन्छ व्यक्ति। 

भनिन्छ नि संकल्प नभएको व्यक्ति त मरे बराबर हो किनभने केही पनि गर्न सक्तैन। दस ठाउँमा हात हाल्छ र पनि कामको सफलता कतै पाउँदैन। यता पनि अधुरो छोडेको छ, उता पनि। आज्ञा चक्र बिग्रिएपछि संकल्प शक्ति क्षिण हुन्छ। जेमा पनि हात हाले पनि पूरा गर्नै सक्दैन।

यदि आज्ञा चक्रमा काम गर्‍यो भने उसले जे भन्यो त्यो गर्न सक्छ। यति छिटो निर्णय गर्छ कि उसले गरेका निर्णय शतप्रतिशत सही पनि हुन्छन्। आज्ञा चक्र ठीक होस् अनि उसले गरेका निर्णय गलत होस्, त्यस्तो सम्भावना देखिएको छैन। अब यस्तो दृढता आउँछ कि उसले बोलेपछि कुनै पनि हालतमा त्यो काम गर्‍यो गर्‍यो। काम गर्ने वातावरण बन्छ र उसले सक्छ पनि। आज्ञा चक्रमा ऊर्जा राखेर कुनै पनि कर्म प्रारम्भ गर्नु भयो भने त्यो काम पूरा नहुने भन्ने प्रश्नै आउँदैन। काममात्र पूरा हुँदैन, सही निर्णय गर्न सक्नुहुन्छ।

  • स्वास्थ्यमन्त्रीले भने झैं स्थिति विकराल छ। किनकि १०० जनामा १० जना मानसिक समस्यामा हुनु भनेको सानो कुरा होइन। यो त देशै रोगी बन्ने स्थिति हो। मानसिक समस्यामा भएको व्यक्तिले समाज र देशका लागि के नै पो राम्रो गर्न सक्ला ?

  • व्यक्तिको समस्याको मूल कारण सम्बन्धमै देखिन्छ। सम्बन्धका तीन आयाम हुन्छन्। एउटा, मान्छेले आफैंसँगको सम्बन्ध बिगार्‍यो अर्थात् आफैंसँग कस्तो सम्बन्ध राख्ने त्यो थाहा भएन। अर्को, परिवारसँग कस्तो सम्बन्ध राख्ने पनि ज्ञान भएन। तेस्रो, समाज अथवा कर्म क्षेत्र र प्रकृति इत्यादिसँग कस्तो सम्बन्ध राख्ने भन्ने पनि पत्ताो पाएको देखिँदैन।

  • सातवटै चक्रहरूलाई जान्यौं, जगायौं र कामअनुसार चक्रहरूलाई प्रयोग गर्न सक्यौं भने त हाम्रो जीवन आहा ! हुन्छ। त्यसपछि त जता गयो जिन्दगी त्यतै रमाइलो, जति जियो उति रमाइलो।

 

सहस्रार चक्रले दिन्छ शान्ति र आनन्द

सबैभन्दा माथि हुन्छ, सहस्रार चक्र। आज संसारमै अशान्ति बढेको छ। कैयौं मानिस डिप्रेसनको शिकार छन्। त्यसैले प्रत्येक व्यक्ति शान्तिको खोजीमा भौतारिइरहेको छ। कहाँ गएर शान्ति पाइन्छ ? यही शान्ति खोज्ने क्रममा कोही जंगल, कोही मदिरालय पुगे। अर्थात् जो जहाँ पनि पुगेका छन्। व्यक्तिहरू भड्किरहेका छन्। तिनलाई थाहा छैन कि शान्ति सहस्रार चक्रमा छ। सहस्रार चक्रलाई क्रियाशील गराइदिनुहोस्, अनि हेर्नोस् अचम्म। अचम्मको शान्तिको अनुभव हुन्छ, मन साँच्चै शान्त हुन्छ। मनमा कुन कोलाहल हुँदैन।

चल्न त जीवन चलेको हुन्छ सबैको। श्रम र विश्रामको सन्तुलन नै जीवन हो। श्रम बढी भयो भने पनि बाँच्न गाह्रो हुन्छ, विश्राम बढी भयो भने पनि। दुइटै कुरा चाहिन्छ। अहिलेको समस्या के भने श्रम प्रचुर मात्रामा छ तर त्यो केवल मानसिक श्रम। मनले चौबिसै घण्टा काम गरिरहन्छ। निदाए पनि सपना देखेर काम गरिरहेको छ व्यक्ति। मन फुर्सदमा छैन, मनलाई कहिल्यै विश्राम दिन सकेनौं हामीले। सहस्रार चक्र जगाएमात्रै मनलाई विश्राम दिन सक्छ। जसमा गएपछि एक प्रकारले मन निदाउँछ, विश्राममा जान्छ, निर्विचार अवस्थामा।

निर्विचार भएको त होइन खासमा विचारले एकछिन आराम गरेको चाहिँ हो। फेरि विचार त आइहाल्छ। विचार भएन भने त मान्छे नै भएन। बरु विचारले आराम गरेपछि नयाँ सिर्जना हुन्छ नै। काम गर्दा थाक्यौं भने आधा घण्टा विश्राम गरे फेरि त्यत्ति नै काम गर्न जोश जाँगर आउँछ। पहिलाभन्दा पनि राम्रो काम गर्ने शक्ति आउँछ। त्यसैगरी, मनलाई विश्राममा लैजानुहुन्छ भने विश्राम पछाडि आएको मन यति शक्तिशाली हुन्छ कि यति धेरै चिन्तन मनमा सुरु हुन्छ। बौद्धिकता सुरु हुन्छ। ज्ञान बढ्छ। मनलाई पूरा विश्राम दिएर शान्तिको अनुभव गर्न सहस्रार चक्रको शुद्धीकरण आवश्यक पर्छ।

 

एउटा होइन, सबै चक्र जगाऔं

 

आजसम्मको आध्यात्मिक इतिहासमा चक्रमा काम नगर्ने व्यक्तिहरू छैनन्। गरेका छन् तर सबै गरेकाले पनि एउटा एउटा चक्र समाते। कसैले अनाहत चक्र समाते त ज्ञानको धारमा काम गर्नेहरूले विशुद्धि चक्रमात्रै समाते। कर्मयोग भन्नेहरूले मूलाधार चक्रलाई मात्रै समाते। यसरी एउटा एउटा क्षेत्र समातेका छन्। यसरी त स्वास्थ्य अपूरो भयो। व्यक्ति पूर्ण छ तर स्वास्थ्य अधुरो। यस्तो त कसैलाई चाहिएकै छैन, हामीलाई पूर्ण स्वास्थ्य चाहिएको हो।

पृथ्वीकै इतिहासमा लाग्छ पूर्ण स्वास्थ्यका लागि सातैवटा स्वास्थ्यका लागि काम गर्ने अवसर पहिलोपटक पाएका छौं। चक्रका प्रयोग त हुन्छन् तर तिनको उद्देश्य नै फरक छ। चक्र साधना गर्ने कुण्डलिनी शक्ति जगाउने त्यसपछि परम ज्ञानमा जाने स्वर्ग जाने यस्तै कुरा मात्रै सुनिन्छ। तर जीवन विज्ञानको साताव्यापी चक्र विज्ञानमा स्वर्ग जाने कुरा हुँदैन। यो त केवल पूर्ण स्वास्थ्य बनाउने हो बरु आफ्नो जीवनलाई समग्रमा स्वर्ग बनाउने चाहिँ हो।

अन्त्यमा, आफ्नो जीवनलाई आफैंले स्वर्गमय बनाउने अवसर हो चक्र विज्ञान। यसको प्रयोगले मरेर स्वर्ग जाने होइन, जिउँदैमा जीवनलाई स्वर्ग बनाउन सक्ने आधार दिन्छ। सामान्य मानिसले यो नपत्याउन सक्छ, गहिराई नबुझ्न सक्छ। जीवनलाई स्वर्ग बनाउने सूत्रहरू यसले दिन्छ। खासमा हामीले आफ्ना चक्रहरूमा काम सक्यौं भने आफूमात्रै होइन, परिवार र समाज पनि बदल्न सक्छौं। आफ्नो राष्ट्र बदल्न सक्छौं। पूरै मानवतालाई पूर्ण स्वास्थ्यको शिखरमा पुर्‍याउन सक्छौं। 

अहिलेसम्म मेडिकल साइन्सले खोजेको स्वास्थ्यमा दुइटा मात्रै हो। एउटा शारीरिक स्वास्थ्य जहाँ सबैभन्दा बढी काम भएको छ अर्को मानसिक स्वास्थ्य जसमा न्यून काम भएको छ।

मानसिक स्वास्थ्य छ, जसलाई औषधि चाहिन्छ भनेर काम हल्काहल्का भएको छ। त्योभन्दा बाँकी मैले माथि भनेअनुसार अन्य पाँचवटा स्वास्थ्यको विषयमा विज्ञानलाई थाहा छैन। भौतिक विज्ञानलाई थाहै छैन। हामीले सात चक्रको प्रयोग गरेर नेपालका सारा मानसिक तथा शारीरिक रूपमा अस्वस्थ व्यक्तिलाई बिनाऔषधि स्वस्थ्य नागरिक बनाएर देश विकासमा प्रयोग गर्न सक्छौं।

सात दिने चक्र विज्ञानमा साधनाका सूत्रहरूको व्यावहारिक प्रयोग जान्दछ सहभागीले। एउटा कुराको ग्यारेन्टी लिन सकिन्छ, शतप्रतिशत पूर्ण स्वास्थ्य यिनै चक्र जगाएर प्राप्त गर्न सम्भव छ। जसले शरीरका सातवटै क्षेत्रमा आफूलाई स्वस्थ राख्न सकिन्छ। यसअघि यसमा काम गर्नेहरूमा आएको परिवर्तनबाट यसको पुष्टि भइसकेको छ। सात दिनपछि उसको मनमा कुनै प्रकारको पनि अशान्ति रहँदैन। पूर्ण रूपमा स्वस्थ हुन्छ व्यक्ति। तर ६ महिना, वर्ष दिन वा दुई वर्षसम्म चक्र शुद्धीकरण गरेन भने व्यक्ति उस्तै हुने सम्भावना रहन्छ। तर ती सूत्रहरूलाई नियमित प्रयोग गर्‍यो भने उसलाई जीवनभरका लागि हो त्यो औषधि। उसलाई कहिल्यै फेरि आना समस्यालाई फर्केर पनि हेर्नु पर्दैन। जीवन नितान्त प्रगतितर्फ उन्मुख हुन्छ।

बिहानदेखि बेलुकासम्म पूरा समय एउटा चक्रलाई दियौं भने त्यो चक्रको अनुभव गर्न सकिन्छ। यसरी सातवटा चक्र क्रमशः मूलाधारबाट सहस्रारसम्म शुद्धीकरण गर्दै जानुपर्छ। एकैपटक बीचको एउटा चक्रमा मात्रै काम गर्छु भन्यो भने त्यो ऊर्जा त्यहाँ रोकिन सक्छ। त्यसका ‘साइड इफेक्ट’ पनि छन्। त्यसकारण तलदेखि बनाउँदै बनाउँदै माथि आयो भने सबै चक्रले दिने परिणाममा कुनै प्रकारको दुष्प्रभाव हुने छैन। हामीले यसलाई हजारौं व्यक्तिमा
प्रयोग गरेर परिणाम हेरिसक्यौं। कुनै प्रकारको साइड इफेक्ट छैन, शतप्रतिशत सुरक्षित छ।

मानव विकास विशेषज्ञ नेपालसँग गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी ।

 

१७ फाल्गुण, २०८०
सेयर
समाचार लेख
सहकार्य

सहकार्य गरेका संस्थाहरु