नेपाल प्रहरीका अधिकृतका लागि २०८१ मङ्सिर ४ गते तनाव व्यवस्थापन र सकारात्मक सोचका लागि स्वजागरण कार्यक्रम गरिएको छ । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले जीवनमा तनावका कारण र त्यसको समाधानका लागि कसरी सकारात्मक पहल गर्न सकिन्छ भन्ने विषय प्रष्ट पार्दै त्यसको अभ्याससमेत गराउनु भयो । श्रद्धेय गुरुदेवले सकारात्मक सोच्ने र त्यस अनुसार कर्म गर्ने तरिकाबारे प्रशिक्षित गर्दै सकारात्मक सोचको विकास लागि गर्ने अभ्यासको प्रयोग गर्नुभयो । त्यसक्रममा श्रद्धेय गुरुदेवले स्वजागरण ध्यान विधिको अभ्यास गराउनुभयो । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भएको कार्यक्रमा नेपाल प्रहरीका तालिम दिइरहेका अधिकृतहरू सहभागी थिए ।