जीवन विज्ञान परिषद् दोलखाको आयोजनामा शनिबार चरिकोटमा आरोग्यका लागि स्वजागरण कार्यक्रम २०८१ मङ्सिर ८ गते सम्पन्न भएको छ । चरिकोट रंगशालामा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री, संघीय सांसदहरू, प्रदेश सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू, वडाध्यक्षहरू, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र विभिन्न पेशाकर्मीसहित तीन हजारबढीको सहभागिता थियो ।