Flower
Flower

ग्यालरी

गृहपृष्ठ

ग्यालरी

16

लैङ्गिक हिंसा विरुद्धको अभियान– २०८१ मङ्सिर १०
तस्वीर
१२ मंसिर, २०८१

लैङ्गिक हिंसा अन्त्यका लागि हरेक व्यक्तिलाई शान्त बनाउनु पर्ने श्रद्धेय रमेश गुरुदेवको दिव्य सन्देश छ । राष्ट्रिय महिला आयोगको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा दिव्यवाणी राख्दै श्रद्धेय गुरुदेवले प्रत्येक व्यक्तिको मन शान्त भए मात्र संसारबाट हिंसा र द्वन्द्वको अन्त्य हुने स्पष्ट पार्नुभयो । प्रत्येक व्यक्तिको मनका लागि काम गर्नु पर्ने स्पष्ट पार्दै मन शान्त पार्ने निर्विकल्प औषधि ध्यान भएकाले सबैलाई ध्यान गर्न सिकाउनु पर्ने उल्लेख गर्नुभयो । ध्यान गर्ने मानिसले आफू र आफ्नो क्षमता चिन्ने साथै शान्त हुने भएकाले त्यसबाट हिंसा सम्भव नहुने स्पष्ट पार्नुभयो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले हिंसा अन्त्यका लागि मानिसमा रहेको अशान्ति हटाउनु पर्ने बताउनु भयो । कार्यक्रममा महिला आयोगका आयुक्तहरू, प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सांसदज्यूहरू, विभिन्न मन्त्रालयका सचिव, सहसचिव, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो

तस्वीर ()
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top