सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा २०८१ मङ्सिर ८ गते ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न भयो । सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले मानव शरीरमा रहेका सूक्ष्म ऊर्जाका सातओटा केन्द्रको बारेमा चर्चा गर्दै मानिसहरूको पूर्ण स्वास्थ्यका लागि चक्रहरू सन्तुलित राख्नुपर्ने बताउनुभयो । गुरुदेवले ध्यानका माध्यमबाट आफूमा रहेका सम्भावना चिन्न सकिने बताउँदै स्वजागरण ध्यानविधिको प्रयोग समेत गर्नुभयो । जिल्ला समन्वय समितिको समन्वय तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा गोरखा नगरपालिका –६, हरमटारी कवर्ड हलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, जिल्ला स्थित सरकारी र सुरक्षा कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतको उत्साहजनका सहभागिता थियो ।