दमक नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर १८ गते ‘स्वस्थ्य जीवन शैली तथा स्वजागरण अभियान’ सम्पन्न भएको छ । स्वजागरण कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले आफूभित्रका सम्पदा र क्षमता चिन्ने जागरण नै स्वजागरण भएको बताउँनु भयो । व्यक्तिभित्र लुकेर रहेका क्षमता चिन्नका लागि प्रत्येक व्यक्तिभित्र रहेका सूक्ष्म ऊर्जा ‘चक्र’ चिन्नुपर्ने बताउँदै सूक्ष्म ऊर्जारुपी सात चक्रको कार्यका बारेमा चर्चा गर्नुभयो । गुरुदेवले प्रत्येक मनुष्यलाई आफूमा रहेको ऊर्जाकेन्द्रको सन्तुलन आवश्यक रहेको बताउँदै त्यसका लागि जीवन विज्ञानले एकै पटक धेरै मानिसलाई सहभागि गराएर ‘चक्र विज्ञान’ गर्दै आएको बताउनुभयो । उहाँले आउँदो फागुन ११ गतेदेखि पोखरामा ६ हजार जनाको सहभागितामा ‘विराट् चक्र विज्ञान’ आयोजना गरिएकाले त्यसमा सहभागी भइ लाभ लिन सबैलाई आग्रहसमेत गर्नुभयो । जीवन विज्ञान परिषद् झापाको सहकार्यमा दमक–६मा रहेको पशुपति मन्दिरमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी साथै विभिन्न पेशाबाट उत्साहजनक सहभागिता थियो ।