Flower
Flower

ग्यालरी

गृहपृष्ठ

ग्यालरी

28

स्वजागरणमार्फत सुशासन अभिवृद्धि कार्यक्रम–सिंहदरबार
५२ तस्वीर
२५ मंसिर, २०८१

श्रद्धेय भानु गुरुदेव भन्नुहुन्छ– ‘सुशासनका लागि स्वशासन चाहिन्छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१ मङ्सिर २४ गते सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा गुरुदेवले स्वजागरणमाफर्त स्वशासन आउने र स्वशासनलेमात्र सुशासन ल्याउने स्पष्ट पार्नुभयो । अध्यात्मले जीवनको जारो समात्ने भएकाले यसले शान्ति र समृद्धि ल्याउने बताउनु भयो । उहाँले नेपालको समृद्धिका लागि योग, ध्यानको विकास गर्नुपर्ने बताउँदै गुरुदेवले भर्खरै संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउन गरेको निर्णयबाट नेपालले फाइदा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले व्यक्ति या देश आफ्नो क्षमतामा फर्किए मात्र शान्ति र समृद्धि आउने बताउँदै व्यक्ति आफ्नो सम्भावनामा फर्कन ध्यानले मद्दत गर्ने बताउनुभयो । त्यस्तै देशले पनि आफ्नो क्षमता चिन्नुपर्ने बताउँदै नेपालले आरोग्य र ध्यान पर्यटनका लागि विश्वलाई आर्कषित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले व्यक्तिका सकारात्मकता आएमात्र सुशासन आउने भएकाले सकारात्कमता विकासका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले विश्व ध्यान दिवसलाई अभियानका रुपमा सञ्चालन गर्न मन्त्रालयहरू र स्थानीय तहसम्म तयारी गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमः ‘स्वजागरणमार्फत सुशासन अभिवृद्धि सम्बन्धी कार्यक्रम’ आयोजकः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार सहभागीः मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका प्रमुखहरू नेपाल प्रहरी, शसस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरू, प्रधानमन्त्री कार्यालयका सबै कर्मचारी । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले स्वजागरण ध्यानविधिको प्रयोग गर्नुभएको थियो । भने श्रद्धेय भानु गुरुदेवले छोटो ध्यान गराउनु भएको थियो ।

तस्वीर (५२)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top