जीवन विज्ञान र स्टार स्कलर्सको सहकार्यमा २०८१ मङ्सिर २६ गते एकेडेमिक वेलनेस एम्बास्डर प्रोग्राम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले आफूहरूले अद्भूत अनुभव गरेको बताए । उनीहरूले कार्यक्रमबाट आफूभित्रको शान्ति महसुस गर्न पाएको अनुभव सुनाए । दुईदिनसम्म जीवन विज्ञान प्रतिष्ठान चाबहिलमा भएको कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले सुख, शान्ति र समृद्धिका लागि योग र ध्यानका विधिहरूको प्रयोग र अभ्यास गराउनु भएको थियो । अङ्ग्रेजी भाषामा सञ्चालित कार्यक्रममा विभिन्न देशका विश्वविद्यालयमा अनुसन्धान र विद्यावारिधी गर्दै गरेका अमेरिका, भारतलगायत विभिन्न देशका नागरिकहरूको उत्साहजनक सहभागिता थियो ।