गैँडाकोट नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २९ गते गैँडाकोटमा ‘शिक्षा र स्वास्थ्यका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले स्वास्थ्यका विभिन्न आयामको चर्चा गर्दै स्वास्थ्य, शान्ति र आरोग्यताका व्यक्ति आफैँले कर्म गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल ध्यान र योगको मूल भूमि भएकाले सर्वकल्याणको भाव राखेर योग र ध्यानको सुवास संसारभर फैलाउँनु पर्ने बताउनुभयो । गुरुदेवले आफूभित्रको क्षमता चिन्नका लागि ध्यान गर्नुपर्नेमा जोड दिदै स्वजागरण ध्यानविधिको अभ्याससमेत गराउनु भयो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले आरोग्यका लागि स्वजागरण आवश्यक रहेको बताउँदै नगरपालिकाले योग र ध्यानका लागि अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थीलगायत विभिन्न पेशाव्यवसायमा आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो ।