आफूभित्रको क्षमता र प्रतिभा पत्ता लगाउँदै जीवनको गन्तव्यप्रति सजग गराउने ‘ऐश्वर्य विज्ञान’ कार्यक्रम २०८१ पुस १ गतेदेखि बुटवलमा सुरु भएको छ । सात दिनसम्म चल्ने कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले सहभागीलाई जीवनको मूल उद्देश्य पत्ता लगाइ त्यसलाई पूरा गर्न आवश्यक स्रोत साधनको सङ्कलन र परिचालन गर्ने विभिन्न विधि र आयामहरू बारे प्रशिक्षित गर्नुहुनेछ । योग, ध्यान, अध्यात्म र मनोविज्ञानमा आधारित प्रयोग गरिने कार्यक्रममा सहभागीले आफूमा भएको क्षमता र प्रतिभा पहिचान गर्ने, इच्छा र चाहनालाई आफ्नो क्षमतामा समाहित गरी सुनौलो भविष्यको रेखा कोर्दै त्यसमा लागिरहने कला सिक्नेछन् । दरबार लोन बुटवलमा सुरु भएको कार्यक्रममा देशका विभिन्न ठाउँबाट विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता छ ।