सूचना

|

माइतीघर मण्डला र बुटवलमा दीप प्रज्वलन
३५ तस्वीर
०७ पौष, २०८१

विश्व ध्यान दिवसको पूर्व सन्ध्यामा पुस ५ गते शुक्रबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । डिसेम्बर २१ अर्थातु पुस ६ गते विश्व ध्यान दिवसको पूर्वसन्ध्यामा माइतीघरमा १००८ दीप प्रज्वलन गरिएको हो । हाल माइतीघर मण्डलालाई आन्दोलन, अनसन, धर्नाजस्ता गतिविधिहरू गर्ने थलोको रुपमा लिइएको अवस्थालाई परिवर्तन गर्दै ध्यान र शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यले दीप प्रज्वलन गरिएको हो । ध्यानले मानिसमा आन्तरिक शान्ति ल्याउने हुँदा विश्व ध्यान दिवसको स्वागत गर्दै गरिएको दीप प्रज्वलनमा श्रद्धेय भानु गुरुदेव, जीवन विज्ञानकी अध्यक्ष एवम् गुरुमा देवी शर्माका साथै पदाधिकारी, प्रशिक्षक र ३०० बढी साधकसाधिकाको उपस्थिति थियो । यस्तै बुटवलको पुष्पलाल पार्कमा पनि दीप प्रज्वलन गरिएको छ । श्रद्धेय रमेश गुरुदेवको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै ध्यान दिवस मनाउन सुरु गरिएको हो । विश्व ध्यान दिवसकै अवसरमा शुक्रबार जीवन विज्ञान युवा शक्ति वृत्तले देशका विभिन्न कलेजहरूमा २ हजार ५०० बढी विद्यार्थीलाई ध्यान गराएको छ । जीवन विज्ञानका युवा प्रशिक्षकहरूले काठमाडौंका १५ ओटा र सुनसरीका ३ ओटा कलेजका दुईहजार ५०० बढी विद्यार्थीलाई ध्यान गराएका हुन् । नेपाल सरकार र जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको स्वजागरण ध्यान विधि प्रशिक्षकहरूले विद्यार्थीलाई सिकाए । पहिलो विश्व ध्यान दिवसका अवसरमा भोली नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा बृहद् कार्यक्रम गर्दैछ । सरकारका विभिन्न निकाय, आध्यात्मिक र सामाजिक संघसंस्थाहरूले समेत विश्व ध्यान दिवसका अवसरमा कार्यक्रम सञ्चालन गर्दैछन् ।

तस्वीर (३५)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top