सूचना

|

विश्व ध्यान दिवस–२०८१, सैनिक मञ्च टुडिखेल
४३ तस्वीर
०७ पौष, २०८१

विश्व ध्यान दिवसको अवसरमा २०८१ पुस ६ गते सैनिक मञ्च टुडिखेलमा हजारौँ व्यक्तिले एकैपटक ध्यान गरेका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजनका गरेको कार्यक्रममा स्वजागरण ध्यान गराउँदै भानु गुरुदेवले भन्नुभयो – ‘ध्यान जन्मेको देशले विश्व शान्ति र समृद्धिको कामना गर्नुपर्छ ।’ गुरुदेवले विश्व ध्यान दिवसको नेपालले स्वामित्व लिने गरी काम गर्नुपर्ने बताउदै नेपाललाई शान्ति र आरोग्यको केन्द केन्द्र बनाउनु पर्ने जोड दिनुभयो । अहिले विश्वभर आरोग्यका लागि पर्यटन गर्नेको सङ्ख्या बढेको दृष्टान्त राख्दै गुरुदेवले आरोग्य पर्यटन भित्र्याएर देशलाई समृद्ध बनाउन लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निरोगी नेपाल र आरोग्य नेपाल बनाउन लागि परेको बताउनुभयो । उहाँले मानिसलाई शारीरिक, मानसिक र चिन्तनमा तन्दुरुस्तीका लागि ध्यान आवश्यक रहेको बताउँदै हाम्रा ऋषिमुनिहरूले हजारौँ वर्ष पहिले दिएको ज्ञानलाई संसारभर फैलाउन लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मानवका सारा समस्याको समाधान ध्यानमा रहेको बताउँदै संयुक्त राष्ट्रसंघले ध्यान दिवसको घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा स्वामी आनन्द अरुण र आर्टअफ लिभिङका सन्तोष केडियाले ध्यान दिवसको महत्वका बारेमा बोल्नु भएको थियो । टुडिखेलमा भएको सो कार्यक्रममा हजारौँको सहभागिता थियो ।

तस्वीर (४३)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top