ग्यालरी
नवयुग निर्माणको आधारशिला तयार गर्न २०८१ फागुन ११ गतेदेखि पोखरामा ‘विराट् चक्र विज्ञान’ कार्यक्रम आयोजना गरिने भएको छ । पुस १६ गते काठमाडौँमा विशेष कार्यक्रम गरी ‘नेपालको मौलिक ज्ञान, स्वजागरण ध्यान, हिमालको काखमा, विराट् चक्र विज्ञान’ भन्ने भूल भावका साथ कार्यक्रम गर्ने घोषणा गरिएको हो । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले मनुष्यले जिवित मै स्वर्ग महसुस गर्ने गरी सबैले कर्म गर्नुपर्ने बताउँदै त्यसको तयारीका लागि विराट् चक्र विज्ञानको आयोजना गरिएको बताउनुभयो । श्रद्धेय रमेश गुरुदेवले जगत्को कल्याण नगरी आफ्नो कल्याण नहुने भएकाले शान्ति, सङ्कल्प र क्रान्तिलाई आत्मसात् गर्दै शान्तिमार्फत गरिएको क्रान्तिले मात्र जगत्को कल्याण गर्ने बताउनुभयो । कार्यक्रममा श्रद्धेय गुरूमा देवी शर्माले नवयुगको खाका कोर्नका लागि विराट् चक्र विज्ञानलाई सबै मिलेर सफल बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा जीवन विज्ञान परिषद्का केन्द्रिय संयोजक र प्रदेश संयोजकहरूले कार्यक्रमलाई सफल बनाउन प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा एनप्याव्सनका अध्यक्ष सुवास न्यौपानेले विश्व ध्यान गर्न आतुर रहेको र त्यसका लागि नेपाल उपयुक्त भएको बताउँदै जीवन विज्ञानका कार्यक्रमले त्यसका लागि वातावरण सिर्जना गर्ने अपेक्षा लिएको बताउनुभयो । त्यस कार्यक्रममा ६ हजारबढीलाई सहभागी गराउने लक्ष्य राखिएको छ । जीवन विज्ञानका प्रशिक्षकहरूको उल्लेख्य उपस्थितिमा भएको कार्यक्रमले सबैलाई विराट् चक्र विज्ञान र फागुन १० गते हुने गण्डकी स्वजागरण उत्सव सफलताका लागि आफ्नो ठाउँबाट योगदान गर्न प्रेरणा मिलेको छ ।