ग्यालरी
व्यक्तिभित्र लुकेर रहेका उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट, शान्ति जगाउने सूक्ष्म ऊर्जालाई सक्रिय बनाउने ‘चक्र विज्ञान’ २०८१ पुस १९ गतेदेखि चाबहिलमा सुरु भएको छ । सात दिनसम्म चल्ने कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग, ध्यान र मनोविज्ञानका वैज्ञानिक विधिहरूको प्रयोग र अभ्यास गराउनु हुनेछ । जीवन विज्ञान प्रतिष्ठान, चाबहिलमा सुरु कार्यक्रमा देश र विदेशका विभिन्न क्षेत्र र पेशामा आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता छ ।