सूचना

|

मधेश प्रदेशसभा र मन्त्रिपरिषद्का लागि ‘स्वजागरण’-जनकपुर धाम
४३ तस्वीर
०६ माघ, २०८१

मधेश प्रदेशसभा र प्रदेश मन्त्रिपरिषद्का लागि ‘स्वजागरण’ २०८१ पुस २९ गते जनकपुर धाममा सम्पन्न भएको छ । दशौँ राष्ट्रिय योग दिवसको अवसरमा आयोजित सो कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले योग र ध्यानलाई जनस्तरमा पु¥याउन नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सुखी शान्त र समृद्ध प्रदेश बनाउन धार्मिक र सांस्कृतिक रुपमा धनी मिथिला क्षेत्रको महत्त्वलाई संसारभर पु¥याउँदै पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभयो । जनकपुर धाम सीतामाताको जन्मस्थल भएकाले यो अध्यात्मको जग भएको क्षेत्र भएको भन्दै यहाँबाट सुख, शान्ति र समृद्धिको यात्रा सुरु गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य सुख र शान्तिका लागि प्रत्येक मानिसको सूक्ष्म ऊर्जा केन्द्रहरू जागृत गर्नुपर्ने बताउँदै त्यसका लागि फागुन ११ गतेदेखि जीवन विज्ञानले पोखरामा आयोजना गरेको विराट् चक्र विज्ञानमा सहभागी हुन आव्हान गर्नुभयो । स्वजागरण ध्यानको प्रयोग गर्दै गुरुदेवले जीवन शैलीमा यसमा जोड्न सके जीवनमा सुख शान्ति र समृद्धि प्राप्त हुने बताउनुभयो । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले मधेशलाई समृद्ध बनाउन अध्यात्म अति आवश्यक रहेको बोध भएको बताउँदै यसलाई सबैले आफूमा प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले यसको प्रयोगको कार्यान्वयन आफूँबाट सुरु गर्ने प्रतिबद्धतासमेत जनाउनु भयो । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले स्वजागरण कार्यक्रम प्रभावकारी लागेको बताउँदै यसको निरन्तरतामा जोड दिनुभयो । उहाँले यसलाई जनस्तरसम्म पु¥याउन पहल गर्ने बताउनुभयो । प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा जीवन विज्ञान परिषद् मधेश प्रदेशको सहकार्यमा प्रदेशसभाको कर्भडहलमा भएको कार्यक्रममा प्रदेशसभाका सदस्यहरू, मन्त्रीहरू, प्रदेश मन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा जीवन विज्ञान परिषद् मधेश प्रदेशकी पूर्व संयोजक सुनिता गौतमले स्वागत गर्नुभएको थियो भने सञ्चालन जीवन विज्ञानका कल्याणमित्र देवनाथ सिंहले गर्नुभएको थियो ।

तस्वीर (४३)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top