ग्यालरी
श्रद्धेय रमेश गुरुदेवले नेपाल पुलिस स्कुलका शिक्षकका लागि २०८१ माघ ३ गते ध्यान गराउनु भएको छ । गुरुदेवले प्रभावकारी शिक्षण गर्न र पेशालाई प्रभावकारी बनाउन शिक्षकका लागि ध्यान आवश्यक भएको बताउनु भयो । ध्यानले विद्यार्थीको सिक्ने र सम्झने क्षमताको विकास गराउने बताउँदै उहाँले शिक्षकले ध्यान सिकेर विद्यार्थीलाई पनि सिकाउनु पर्ने बताउनुभयो । सो क्रममा गुरुदेवले विद्यार्थीलाई गराउन सकिने विभिन्न ध्यानका विधिहरूको अभ्याससमेत गराउनु भएको थियो । सामाखुसी स्थित पुलिस स्कुलमा भएको कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका र व्यवस्थापकहरू सहभागी थिए ।