सूचना

|

पूर्ण स्वास्थ्यका लागि स्वजागरण–राष्ट्रिय अनुसन्धान विभाग
२४ तस्वीर
०६ माघ, २०८१

राष्ट्रिय अनुसन्धान विभागका उच्चअधिकारीहरूका लागि २०८१ माघ ४ गते पूर्ण स्वास्थ्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले मानिसका गुण र अवगुणले उसलाई राम्रो र नराम्रो बनाउने बताउँदै आफूमा रहेका गुणको पहिचान गर्नुपर्ने बताउनु भयो । उहाँले कर्मले मानिसलाई उत्कृष्ट बनाउने बताउँदै कर्म गर्दा सङ्ख्यामा भन्दा गुणमा ध्यान दिनु पर्ने बताउँदै त्यसका लागि योग र ध्यानले सहयोग गर्ने बताउनु भयो । योगाभ्यास र ध्यान गराउँदै गुरुदेवले त्यसको महत्त्वका बारेमा स्पष्ट पार्नु भएको थियो । सिंहदरबार स्थित विभागको कार्यालयमा भएको कार्यक्रममा विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अतिरिक्त मुख्य निर्देशक ओम जोशी र टेकेन्द्र कार्कीलगायतका उच्चअधिकारीहरू सहभागी थिए ।

तस्वीर (२४)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top