सूचना

|

स्वास्थ्य र सफलताको लागि स्वजागरण – नुवाकोट
४० तस्वीर
११ माघ, २०८१

नुवाकोटको विदुर–४ मा २०८१ माघ ५ गते ‘स्वास्थ्य र सफलताका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले मानिसले स्वास्थ्य रहन जन्मदै लिएर आएका सूक्ष्म ऊर्जा केन्द्रहरू सन्तुलित बनाउनु पर्ने बताउँदै ऊर्जाका सात केन्द्रका रुपमा रहेका चक्रहरूको महत्त्व दर्शाउनुभयो । उहाँले चक्र र आध्यात्मका बारेमा सुनेर मात्र उपलब्धि नहुने भएकाले त्यसको प्रयोग गर्नुपर्ने बताउँदै जीवन विज्ञानले फागुन ११ गतेदेखि पोखरामा आयोजना गर्न लागेको विराट् चक्र विज्ञानमा सहभागी भएर प्रयोग गर्ने तरिका सिकेर लाभ लिन प्रेरित गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले अध्यात्म आफैँले आफैलाई चिन्ने विज्ञान भएकाले यसले मानिसलाई अनुशासनमा राख्ने र सकारात्मक सोचको विकास गर्ने बताउनु भयो । उहाँले अध्यात्मको अभियानमा बागमती प्रदेश सरकार सधैँ साथमा रहेने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । जीवन विज्ञान परिषद् नुवाकोटको आयोजना तथा तामाङ एग्रो प्लाजा र विदुर नगरपालिका वडा नं.४ को सहकार्यमा भएको कार्यक्रममा प्रदेश सांसद रमेश महत, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जीवन विज्ञान प्रतिष्ठानकी अध्यक्ष गुरुमा देवी शर्मा, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, व्यवसायी, विद्यार्थीलगायत विभिन्न पेशा र व्यवसायमा रहेका व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो ।

तस्वीर (४०)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top