ग्यालरी
आफूभित्रको प्रतिभा चिन्ने र जीवनलाई चौतर्फी समृद्ध बनाउने सूत्र ‘ऐश्वर्य विज्ञान’बाट पाएको सहभागीले बताएका छन् । २०८१ माघ २ गतेदेखि ८ गतेसम्म जीवन विज्ञान चाबहिलमा भएको ‘ऐश्वर्य विज्ञान’ कार्यक्रमका सहभागीले जीवनलाई पूर्णतामा जिउने कला सिकेको बताए । कार्यक्रममा सहभागी बेल्जियमका लागि नेपाली राजदुत सेवा लम्सालले यो कार्यक्रमले जीवन जिउने कला परिमार्जन र परिष्कृत गरेको बताउनु भयो । अर्का सहभागी सिताराम पौडेलले ऐश्वर्य विज्ञानले जीवनलाई सुन्दर र चौतर्फी समृद्ध बनाउने कला सिकाउने बताउनुभयो । कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी शाखा अधिकृत उषा लामिछानेले कार्यक्रम उपयोगी भएको बताउँदै विद्यार्थीका लागि प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले सहभागीलाई जीवनको मूल उद्देश्य पत्ता लगाइ त्यसलाई पूरा गर्न आवश्यक स्रोत साधनको सङ्कलन र परिचालन गर्ने विभिन्न विधि र आयामहरू बारे प्रशिक्षित गर्नुभएको थियो । कार्यक्रममा देश र विदेशका विभिन्न ठाउँबाट विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो ।