श्रद्धेय भानु गुरुदेव भन्नुहुन्छ–‘आफूभित्र रहेको प्रकृति तत्त्व र ऊर्जा जागृत गर्न सकेको दिन जीवनका हरेक आयाममा सफल भई शान्त र व्यवस्थित जीवन यापन गर्न सकिन्छ ।’ बुढानिलकण्ठ मन्दिरव्यवस्थाप समितिको आयोजनामा बुढानिलकण्ठ मन्दिर परिसरमा भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा २०८१ कात्तिक २९ गते आशीर्वचन राख्नुहुदै गुरुदेवले बूढानिलकण्ठको नागमाथि शयन भएको भगवान् नारायणको मूर्तिले मानिसमा रहेको प्रकृति र ऊर्जा जागृत गर्न सन्देश दिएको बताउनुभएको हो । कात्तिक २४ गतेदेखि सुरु भएको महायज्ञमा जीवन विज्ञानका प्रशिक्षकहरूले स्वयंसेवा, कलशयात्रा तथा बटुकहरूलाई योग, ध्यानको कक्षा सञ्चालन गरी सहकार्य गरिरहेका छन् ।