चौतर्फी समृद्धिले भरिएको जीवन निर्माण गर्ने सूत्रहरूमा आधारित यो तालिम कार्यक्रममा सहभागीले आफ्नो जीवनको मूल उद्देश्य पत्ता लगाइ त्यसलाई हासिल गर्नका लागि स्रोत–साधनको परिचालन गर्ने कला सिक्छन् । सहभागी स्वयम्ले आफ्नो दशवर्षे कार्ययोजना बनाएर आफ्नो जीवनको सुनौलो भाग्यरेखा आफैँ कोर्न सक्षम हुनेछन् । साथै, आफ्नो स्वभाव एवम् व्यक्तित्वको पहिचान गरी आफूलाई उपयुक्त हुने कर्म÷पेशा÷व्यवसाय र शिक्षा एवम् सिपको पहिचान गर्न पनि सिकिनेछ । आफ्नो स्वभाव अनुकूल कर्मको व्यवस्थापन र उद्यमशीलताको विकास गर्न मार्ग प्रशस्त हुनेछ । (प्रवेशः सबै, अवधिः सात दिन/भौतिक कक्षा)