नवनियुक्त राजदूतहरूका लागि ‘स्वजागरण कार्यक्रम’ २०८१ मङ्सिर २ गतेसम्पन्न भयो । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले अहिले विश्वमा ठूलो समस्या तनाव भएको बताउँदै नेपालसँग त्यसको समाधान गर्ने उपाय रहेको बताउनुभयो । तनाव व्यवस्थापन गर्ने विधिहरू हाम्रा पूर्वजले पत्ता लगाइदिएको योग र ध्यानमा रहेको गुरुदेवको भनाइ थियो । नेपाल ध्यानको उद्गम स्थल, बुद्धभूमि, जडिबुटीको केन्द्र र सांस्कृतिक विविधताले भरिएको हुदाँ यसलाई संसारभर पुर्याई आरोग्य पर्यटनको केन्द्र बनाउन अब कुटनीतिक रूपमा पनि पहल सुरु गर्नुपर्ने बताउनुभयो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान त्रिपुरेश्वरमा भएको कार्यक्रममा नवनियुक्त राजदूतहरू, महावाणिज्यदूतहरू र प्रतिष्ठानका कर्मचारीहरू सहभागी थिए ।