ग्यालरी
राष्ट्रपति कार्यालयका सम्पूर्ण कर्मचारीका लागि ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ कार्यक्रम २०८१ पुस १४ गते सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले प्रत्येक व्यक्तिभित्र रहेको आन्तरिक ऊर्जा र आत्मबल जगाउने कार्य नै स्वजागरण भएको बताउनु भयो । गुरुदेवले मानिस पूर्ण स्वास्थ्य हुनका लागि स्वास्थ्यका सात आयामहरू शारीरिक, मानसिक, प्राणिक, भावनात्मक, बौद्धिक, आत्मिक र परम स्वास्थ्यप्रति सजग हुनुपर्ने बताउनु भयो । नेपालीसँग पुर्खाहरूले वर्षौ लगाएर विकास गरेका स्वस्थ्य रहने विधाहरू रहेको उल्लेख गर्दै गुरुदेवले त्यसलाई विश्वमाझ पुर्याई आर्थिक समृद्धि भित्र्याउनु पर्ने बताउनुभयो । ती विधाहरूमा स्वस्थ्य र शान्त रहने विधिहरू रहेकाले त्यसलाई आरोग्य पर्यटनमा बदल्दै विश्वको गन्तव्य राष्ट्र बनाउन भूमिका खेल्नुपर्ने गुरुदेवको भनाइ छ । कार्यक्रममा गुरुदेवले स्वजागरण ध्यान विधिको अभ्याससमेत गराउनु भएको थियो । कार्यक्रममा राष्ट्रपति कार्यालयका सहसचिव निराजन घिमिरेले स्वजागरणले राष्ट्रसेवकलाई अनुशासित, कतव्र्यनिष्ठ, देशभक्त र कर्मयोगी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वजागरणका माध्यमबाट सार्वजनिक सेवालाई सदाचार र सुशासनयुक्त बनाउन सकिने रहेछ ।’ कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव, प्रमुखस्वकीय सचिव, सहसचिव, सहायक रथी, अधिकृतलगायत सबै पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।