ग्यालरी
सत् विज्ञानमा सहभागीहरूले जीवनलाई कर्मशील बनाउँदै परिवार समाज र राष्ट्रका लागि सेवा गर्ने भाव जागृत भएको बताएका छन् । २०८१ पुस १० गतेदेखि १६ गतेसम्म जीवन विज्ञानमा चलेको ‘सत् विज्ञान’ कार्यक्रमका सहभागी डा. लक्ष्मिनारायण ढकालले कर्मयोगका विषयमा भागवत पढ्दा बुझे पनि त्यसको व्यवहारिक प्रयोग गर्ने मार्ग सत् विज्ञानबाट पाएको बताउनुभयो । एकनारायण काफ्लेले जीवनको सत्यको ज्ञान भएको र आफैँलाई बुझ्ने अवसर पाएको बताउनुभयो । जीवनका सारा भ्रमहरूबाट मुक्त भएको बताउँदै जानुका नेपालले कार्यक्रमबाट कर्मसिद्धिका लागि आत्मविश्वास बढेको बताउनुभयो । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले ब्रह्माण्डभित्र लुकेको सनातन सत्यलाई चिनेर त्यसमा नित्य निरन्तर डुब्ने व्यवहारिक प्रयोगका विभिन्न विधिको अभ्यास गराउनु भएको थियो । जीवन विज्ञानद्वारा प्रतिपादित ‘लय विज्ञान’ कार्यक्रम लिइसकेका साधकले मात्र सहभागिता जनाउन पाउने कार्यक्रममा विभिन्न क्षेत्रका साधकहरूको उत्साहजनक सहभागिता थियो ।