ग्यालरी
श्रद्धेय भानु गुरुदेवको दिव्य सन्देश ‘देशको चौतर्फी समृद्धिका लागि धर्म र अध्यात्मसहितको सम्पदाको विकास गर्नुपर्छ ।’ सहिद गंगालाल फाउण्डेसनले २०८१ पुस १९ गते पर्यटन बोर्डमा आयोजना गरेको ‘काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा’ विषयक छलफलमा गुरुदेवले तन्त्र, मन्त्र र यन्त्रसहितको सम्पदालाई संरक्षण गरी देशलाई नै सम्पदाको राजधानी बनाउन सकिने बताउनु भयो । उहाँले व्यक्ति र सम्पदालाई सँगसगैँ लिएर जानुपर्ने बताउँदै संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय योग र विश्व ध्यान दिवसलाई नेपालले पूँजीगत गर्नुपर्ने बताउनुभयो । छलफलमा श्रद्धेय गुरुदेवसँगै लुम्बिनी बौद्ध विश्व विद्यालयका डिन मनिक रत्न शाक्य र नेपाल पर्यटन बोर्डका सुनिल शर्मा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा काठमाडौँ उपत्यकाको सम्पदा संरक्षणका लागि विभिन्न प्रस्तुतिहरू राखिएको थियो ।