
ग्यालरी
‘चक्र विज्ञान’ कार्यक्रमका सहभागीले आफूभित्रको ऊर्जा र आफैँलाई चिन्ने अवसर पाएको बताएका छन् । जीवन विज्ञान चाबहिलमा २०८१ पुस १९ देखि २५ गतेसम्म चलेको चक्र विज्ञानका सहभागीले आफूभित्रको खुसी, उमङ्ग, साहस र चेतनाको स्रोत चिनेको बताए । कार्यक्रममा सहभागी बेल्जियमकी राजदुत सेवा लम्सालले अध्यात्म र विज्ञानको प्रयोग गरिने कार्यक्रमले मानिसमा परिवर्तन ल्याउने महसुस गरेको बताउनुभयो । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले मानव शरीरमा सूक्ष्म ऊर्जा केन्द्रका रूपमा रहेका चक्र सक्रिय र सन्तुलित बनाउने योग र ध्यानका वैज्ञानिक र प्रयोगात्मक विधिहरूको प्रयोग र अभ्यास गराउनुभयो । कार्यक्रममा राजदुत, डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक, विद्यार्थी, राजनीतिकर्मी र बैंकरलगायतका समाजका विभिन्न क्षेत्र साथै नेपालका विभिन्न जिल्ला र विदेशबाट समेत सहभागी थिए ।