सूचना

|

राष्ट्रिय याेग दिवस-2081
४७ तस्वीर
०६ माघ, २०८१

श्रद्धेय भानु गुरुदेवको दिव्य सन्देश–‘देशको समृद्धिसँग योगलाई जोड्न पर्छ ।’ दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको मूल समारोहमा श्रद्धेय गुरुदेवले योग र ध्यानलाई आरोग्य पर्यटनसँग जोडनु पर्ने बताउनुभयो । उहाँले देशलाई आरोग्य पर्यटनको केन्द्रका रुपमा विकास गर्न प्राचिन कालदेखि चल्दै आएको योग, ध्यान र प्रकृतिक चिकित्सा विज्ञानलाई जोडदै राज्यले त्यसको स्वामित्व र नेतृत्व लिनुपर्ने बताउनुभयो । गुरुदेवले स्वजागरण ध्यान विधिको प्रयोग गराउँदै योग मानिसको जागरणका लागि भएको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी स्वास्थ्य प्रणाली निदानात्मक रहेको बताउँदै योग, प्राकृतिक चिकित्सा र आयुर्वेदलाई जोडेर निरोधात्मक उपाय अपनाउन सकिने बताउँदै पाँच तहका अस्पताल मध्ये कुनै एकलाई त्यसमा रुपान्तरण गर्न सकिने बताउनु भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले योगलाई विद्यालयका कक्षा कोठासम्म पुर्याउनु पर्ने बताउनुभयो । पाठ्यक्रममा भएपनि त्यसलाई व्यवहारमा र विद्यार्थीको जीवनमा जोड्नका लागि शिक्षकलाई दिने तालिमको पाठ्यक्रममै समावेस गर्नुपर्ने भएकाले आगामी शैक्षिक सत्रका लागि त्यसको तयारी गरेको बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वद्यालय, काठमाडौँ विश्वविद्यालय र प्राविधिक शिक्षालय लगायतका शैक्षिक संस्थाका विद्यार्थीहरूले योगका विभिन्न आसनको प्रर्दशन गरेका थिए ।

तस्वीर (४७)
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Preview
Footer Top