ग्यालरी
आफूमा अन्तर्निहित क्षमता र प्रतिभा पत्ता लगाउन मद्दत गर्ने ‘ऐश्वर्य विज्ञान’ कार्यक्रम २०८१ माघ २ गतेदेखि जीवन विज्ञान चाबहिलमा सुरु भएको छ । योग, ध्यान र मनोविज्ञानमा आधारित विभिन्न प्रयोग गरिने कार्यक्रममा सहभागीले आफूमा भएको क्षमता र प्रतिभा पहिचान गर्दै, इच्छा र चाहनालाई आफ्नो क्षमतामा समाहित गरी सुनौलो भविष्यको रेखा कोर्दै त्यसमा लागिरहने कला सिक्नेछन् । सात दिनसम्म चल्ने कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले सहभागीलाई जीवनको मूल उद्देश्य पत्ता लगाई त्यसलाई पूरा गर्न आवश्यक स्रोत साधनको सङ्कलन र परिचालन गर्ने विभिन्न विधि र आयामहरू बारे प्रशिक्षित गर्नु हुनेछ । कार्यक्रममा देश र विदेशका विभिन्न ठाउँबाट विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता छ ।