आगामी कार्यक्रम तालिका
Tanab Visarjan Chabahil, Asar-14
बुकिंग खुल्लाआगामी
असार १४, २०८२ - असार १४, २०८२
गणेश मार्ग, चावहिल, Ward No. ७काठमाण्डौं महानगरपालिका, काठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल
१२०  सीट
Tanab Visarjan Chabahil Asar 20
बुकिंग खुल्लाआगामी
असार २०, २०८२ - असार २०, २०८२
गणेश मार्ग, चावहिल, Ward No. ७काठमाण्डौं महानगरपालिका, काठमाडौँ, बाग्मती प्रदेश, 44600, नेपाल
१२०  सीट
पाठ्यक्रम विधाहरू
titleborder
१४ पाठ्यक्रमहरु
साधनामुखी कार्यक्रम

आफ्नो जीवनलाई ध्यान एवम् साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रूपमा विकसित बनाउन चाहने अध्यात्म अनुरागीहरूका लागि विशिष्ट साधनामुखी कार्यक्रमहरू निर्माण गरिएको छ ।

titleborder
१० पाठ्यक्रमहरु
जीवन व्यवस्थापन कार्यक्रम

हाम्रो जीवनलाई आन्तरिक र बाह्य रूपमा सुव्यवस्थित बनाउँदै सुख, शान्ति र समृद्धिको निर्माणमा सहयोग पुर्याउन जीवन व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू केन्द्रित छन् ।

titleborder
पाठ्यक्रमहरु
अनलाइन कार्यक्रम

कार्यव्यस्तताका कारण भौतिक कार्यक्रममा उपस्थित हुन सहज नहुने व्यक्तिका लागि आफ्नो घर वा कार्यालयमा नै बसेर गर्न सकिने कार्यक्रमहरु निर्माण गरिएको छ ।

गुरुदेव

The science of awakening divine emotions Identify your core emotions, eliminate destructive...The science of awakening divine emotions Identify your core emotions, eliminate destructive...

गुरुदेवको प्रोफाइल हेर्नुहोस >>
guru
श्रद्धेय भानु गुरुदेव जीवन विज्ञानका संस्थापक
guru
श्रद्धेय रमेश गुरुदेव जीवन विज्ञानका संस्थापक
१४+वर्ष
७०+देशहरु
२,४००+प्रशिक्षक
४०,००,०००+सहभागी
३५०+जीवनयोग प्रयोगशाला
तस्बिरहरू
Program Collection
Events Collection
Prayogshala & Others
ब्लग
गुरुदेव ब्लग
आरोग्य पर्यटनः नेपालको गन्तव्य

अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ। शरीर स्वस्थ राख्ने उपायबारे लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्त्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन्। तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, अनि शरीर र मस्तिष्कको स्वस्थता र आनन्द आवश्यक पर्दछ, जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ।

नेपाल ध्यानको उद्गम बिन्दु हो। योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो। वैदिककालमै हाम्रा ऋषिमुनिहरूले योग र ध्यानको आविष्कार गरेका थिए। योग, ध्यान, हाम्रो प्रकृति, संस्कृति, व्यवहार, उत्पादन, जडीबुटी लगायत वन पैदावार र जैविक विविधता सबै आरोग्य प्राप्तिका लागि सहायक तत्त्व हुन्। जसलाई एउटै शृङ्खलामा आबद्ध गरी आरोग्य पर्यटनको विकास र प्रवर्द्धन गर्न सक्दछौँ र नेपाल आरोग्य पर्यटनका लागि नमुना मुलुक हो भनेर संसारलाई चिनाउन सक्दछौँ। त्यसैले हामीले हाम्रो पर्यटनको ब्राण्डिङ गर्नुपर्ने मूल तत्त्व हो–आरोग्य। नेपालमा उपलब्ध सम्पूर्ण स्रोत र साधनलाई आरोग्यतर्फ लक्षित गरी आरोग्य पर्यटनका लागि नेपाल विश्वको अग्रणी मुलुक हो भनेर स्थापित गर्न सक्नुपर्दछ।

प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ। सामान्य अर्थमा आरोग्य भन्नाले कुनै किसिमको रोग नभएको र आन्तरिक ऊर्जाले भरिभराउ भन्ने बुझिन्छ। तर, कस्तो रोग नभएकालाई आरोग्य भन्ने त?

मैले कुनै पनि प्रकारको औषधि सेवन गर्नु पर्दैन, मैले अहिलेसम्म कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको सेवा लिनुपरेको छैन, म आजसम्म कुनै अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपरेको छैन, त्यसैले म आरोगी हो भनेर कसैले भन्न सक्दछ। तर, यो शारीरिक निरोगिता मात्र हो। वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको भावना र चेतना स्वस्थ हुनुपर्दछ।

आरोग्य के हो?

आरोग्य बहुआयामिक विषय हो। आरोग्यका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन्। मानिसलाई आरोगी हुन यी सबै आयामको सन्तुलन आवश्यक पर्दछ। यी आयामहरूले मानिसलाई तीन तापबाट मुक्त हुन सहयोग गर्दछन्। तीनवटै ताप छैन भने मानिस स्वतः आनन्दित हुन्छ अनि यसरी आनन्दित मानिस नै आरोगी हुन्छ। तसर्थ आनन्दको बाहिरी प्रकट रूप नै आरोग्य हो।

आरोग्य पर्यटनको सम्भावना

पर्यटन विकासका लागि कुनै एउटा ‘ब्राण्ड’ हुनु जरूरी छ। हालसम्म हामीले प्रकृतिलाई मात्र अघि सार्दै आयौं। नेपालको प्राकृतिक सौन्दर्य र सामाजिक–सांस्कृतिक सम्पदालाई नै पर्यटनको मूल स्रोतका रूपमा प्रचारप्रसार गर्दै आयौं तर कुनै मूल तत्त्व अर्थात् ‘ब्राण्ड’ लाई भने आधार बनाएनौं। हामीले नेपालको पर्यटनको साँच्चिकै विकास गर्ने हो भने एउटा ‘ब्राण्ड’ आवश्यक हुन्छ, जुन आरोग्य हो।

विश्वमा आरोग्य अर्थतन्त्रको आकार बर्सेनि बढ्दो छ। ग्लेबल वेल्नेस् इन्ष्टिच्युटले प्रकाशन गरेको ‘दि वेल्नेस भकोनोमी: कन्ट्री र्‍याङ्किङ’ का अनुसार सन् २०२२ मा विश्वको आरोग्य अर्थतन्त्र ५.६ ट्रिलियन अमेरिकी डलर बराबर पुगेको थियो, जुन सन् २०१४ मा ३. ४ ट्रिलियन अमेरिकी डलरको मात्र थियो।

यसरी आठ वर्षको अवधिमा आरोग्य अर्थथन्त्रको आकार ६४ प्रतिशतले बढेको देखिन्छ। अर्थतन्त्रको आकार बढेसँगै आरोग्य प्राप्तिका लगि गरिने प्रतिव्यक्ति खर्चमा पनि बढेको छ। सन् २०२२ मा यस्तो खर्च ७०६ अमेरिकी डलर पुगेको थियो, जुन प्रतिव्यक्ति स्वास्थ्य सेवामा गरिने खर्च (७११ अमेरिकी डलर) कै हाराहारीमा रहेको थियो। अझ उत्तर अमेरिकाको प्रतिव्यक्ति आरोग्य खर्च ५,१०८ अमेरिकी डलर पुगेको छ। यसबाट आरोग्य व्यवसाय र उद्योगको विस्तार व्यापक रूपमा भइरहेको देखिन्छ।

आरोग्य अर्थतन्त्रमा सबैभन्दा बढी योगदान व्यक्तिगत हेरचाह र सौन्दर्य (अमेरिकी डलर १,०८९ अर्ब) को छ भने त्यसपछि क्रमशः स्वस्थकर खाना, पौष्टिकता र वजन कम गर्न (अमेरिकी डलर १,०७९ अर्ब), शारीरिक व्यायाम (अमेरिकी डलर ९७६ अर्ब), आरोग्य पर्यटन (अमेरिकी डलर ६५१ अर्ब), जनस्वास्थ्य, निरोधात्मक र औषधि (अमेरिकी डलर ६११ अर्ब), परम्परागत र निः शुल्क औषधि (अमेरिकी डलर ५१९ अर्ब) र आरोग्य घरजग्गा व्यवसाय (अमेरिकी डलर ३११ अर्ब) को रहेको छ।

नेपालको आरोग्य अर्थतन्त्रको आकार निकै सानो छ। ग्लोबल वेल्नेस इन्टिच्युटका अनुसार विश्वका १४३ मुलुकमध्ये नेपाल आरोग्य अर्थतन्त्र सूचकाङ्कको ९१औं स्थानमा छ।

सन् २०२२ मा नेपालको आरोग्य अर्थतन्त्रको आकार २. ०२ अर्ब अमेरिकी डलरको थियो। यसमा उल्लेख गरिएका सबै प्रकारका खर्च पर्दछन्। नेपालमा उपलब्ध आरोग्य पर्यटनका वस्तु र सेवाले आरोग्यका अन्य आयाममा गरिने खर्च उल्लेख्य रूपमा घटाउन मदत गर्दछन्।

हामीले यसको ब्राण्डिङ, प्रवर्द्धन र पर्याप्त प्रचारप्रसार गर्न सक्यौँ र सोहीअनुसारको सेवा प्रदान गर्न सक्यौँ भने नेपाल आरोग्य पर्यटनको विश्वव्यापी ‘हब’ बन्न सक्दछ। यसबाट नेपाल समृद्ध हुने त छँदैछ, विश्वभरका मानिसलाई आरोगी बनाउन उल्लेख्य भूमिका खेल्न सकिन्छ।

आरोग्य पर्यटनका वस्तु, सम्भावना र अवसर

मानिसले सधैँ तीन कुराको लालसा राख्दछ–भौतिक सुख, शारीरिक स्वस्थता र खुसी। आधुनिक युगमा भौतिक सुख प्राप्तिका लागि मानिसले जस्तोसुकै मूल्य पनि चुकाउन तयार हुन्छ।

शरीरको स्वस्थता मानिसले खोज्ने अर्को कुरा हो। उसले मानसिक स्वास्थ्यको खासै वास्ता गर्दैन तर शारीरिक स्वस्थतालाई भने प्राथमिकतामा राख्छ। धेरै मानिसलाई दिगो र अविनाशी खुसीबारे खासै ज्ञान छैन, उसले क्षणिक खुसी मात्रै सर्वोपरि ठान्दछ। यी तीनै कुराको परिमार्जित सम्मिश्रण हो–आरोग्य।

हामीलाई भौतिक सुख पनि चाहिन्छ, शारीरिक स्वस्थता मात्र पर्याप्त हुँदैन, मानसिक स्वस्थता पनि उत्तिकै आवश्यक हुन्छ। अनि खुसी भएर मात्र हुँदैन, त्यो खुशी दिगो र शाश्वत हुनुपर्दछ। पर्यटकले खोज्ने पनि यत्ति नै हो–भौतिक सुविधा पनि होस्, स्वास्थ्य पनि सुदृढ होस् र खुसी मिलोस्। नेपालमा यी तीनै कुरा छन् मात्र हामीले खोज्न सक्नुपर्दछ, तिनको प्रवर्द्धन गर्नुपर्दछ र पर्यटकलाई दिनुपर्दछ।

हाम्रा ऋषिमुनिहरूले भौतिक सुखलाई वास्ता गरेनन्, मानसिक सुख, स्वास्थ्य र शान्ति, त्यसपछि खुसीलाई जोड दिए। भौतिक सुखले मानिस दीगो रूपमा खुसी हुन पनि सक्दैन र मानसिक सुख पनि प्राप्त हुँदैन भन्ने उनीहरूको मान्यता थियो।

आधुनिक युगमा मानिसले भौतिक सुखलाई सर्वोपरि ठान्दै स्वास्थ्यलाई कम प्राथमिकतामा राखेको छ। यी दुवै अतिवादबाट माथि उठेर हामीले आरोग्य पर्यटनको प्रवर्द्धन गर्नुपर्दछ।

उपाय सरल छ– भौतिक सुख प्राप्तिमा योग र ध्यानलाई जोड्ने। यसले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन मद्दत गर्दछ। जब शारीरिक र मानसिक सुख प्राप्त भई दिगो खुसी मिल्दछ अनि आरोग्य खोज्न कतै जानु पर्दैन–आफैँभित्र पाइन्छ।

नेपालमा के छ?

नेपालमा के छ भन्नु भन्दा के छैन भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ। नेपालको आरोग्य पर्यटनका नौ अवयव छन्।

१) प्रकृति, भौगोलिक र जैविक विविधता

नेपाल प्राकृतिक सौन्दर्यका लागि विश्वमै अद्वितीय मुलुक हो। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ वटा नेपालमै पर्दछन्। हिमाल बाहेक हामीसँग भएका अपार जलसम्पदा, घना जङ्गल, पदयात्राका लागि विकल्प नै विकल्प भएका स्थानहरू उपलब्ध छन्। हिमाल आरोहण होस् वा पदयात्रा होस्, वनजङ्गल विचरण होस् वा अत्यधिक बहाव भएका नदीनाला जलयात्रा लगायतका मनोरञ्जनपूर्ण क्रियाकलाप हुन्, यी सबैले शारीरिक तन्दुरुस्ती दिन्छ।

नेपालको भौगोलिक र जैविक विविधता विश्वमै अनुपम छ। समुद्री सतहबाट ७० मिटरमाथिको केचनाकलन र ८८४८. १५ मिटरको सगरमाथा छ। त्यति नै दूरीमा माइनस ४४ देखि प्लस ४४ डिग्री सेल्सियसको तापक्रम पाइन्छ। एउटै अरुण उपत्यकामा मात्र ६ सय जातिका चराचुरुङ्गी पाइन्छ।

नेपालभर १०० भन्दा बढी जातजाति बस्दछन् भने ९० भन्दा बढी भाषा बोलिन्छन्। एउटै भाषा बोल्दा पनि स्थान विशेषका उच्चारण र भाव फरक रूपमा प्रकट हुन्छ। प्राकृतिक सौन्दर्य, जैविक विविधताको सामीप्य र भौगोलिक विविधताले दिने शारीरिक तथा इन्द्रीय सुख नेपालमा सजिलै पाइन्छ।

२) साहसिक पर्यटनका वस्तु र सेवा

साहसिक पर्यटनका लागि लगभग सबै अवसर नेपालमा उपलब्ध छन्। हिमाल आरोहण, स्कीइङ, ट्रेकिङ, अत्यधिक बहाव भएका नदीहरूमा गरिने जलयात्रा, अनेकौं प्रकारका जङ्गली जनावरहरू, अत्यधिक उचाइबाट गरिने बञ्जी जम्पिङ लगायतका साहसिक खेलका लागि नेपाल आकर्षक भूमि हो।

यी सबैले एकातिर शारीरिक तन्दुरुस्ती दिन्छन् भने अर्कातिर प्राकृतिक सुन्दरता र मनोरमताले इन्द्रीय सुख प्रदान गर्दछन्। शरीर र मन दुवै स्वस्थ भएपछि स्वतः मानिसले आनन्दको अनुभव गर्दछ। साहसिक पर्यटनको प्याकेजमा योग र ध्यान समावेश गर्न सके व्यक्तिले आन्त्यतिक अर्थात् अन्त नहुने सुख प्राप्त गर्दछ।

३) धर्म, धार्मिक सद्भाव र सहिष्णुता

नेपाल हिन्दू धर्मावलम्बी बहुल मुलुक भए पनि यहाँ धार्मिक सहिष्णुता र विविधता छ। व्यक्तिका धार्मिक आस्था फरकफरक होलान् तर यहाँ कहिल्यै धार्मिक कारणले द्वन्द्व वा अशान्ति भएको छैन। नेपाल सधैं बहुधार्मिक सद्भाव भएको मुलुकको रूपमा परिचित छ। एउटै धर्म मान्ने सम्प्रदायभित्र पनि अलग परम्परा र रीति कायम छ।

कतिपय धर्मका अनुयायीहरू प्रकृति पूजक छन्। प्रकृतिसँग सामीप्य राख्दा स्वाभाविक रूपमा मानसिक शान्तिको अनुभूति हुन्छ। हाम्रा सबै धर्मले हामीलाई शान्ति, सद्भाव र मानसिक सुखका लागि प्रेरित गरेका हुन्छन्।

आआफ्नो धर्मको पालना गर्दा होस् वा प्रकृतिको पूजा गरेर प्रकृतिसँग रमाउँदा होस्, मानिसले मानसिक सुखका साथै आफ्नो व्यवहारमा परिवर्तन भएको अनुभव गर्दछ। यी सबैले व्यक्तिलाई इन्द्रीय र मानसिक सुख त दिन्छ नै, यिनमा योग र ध्यान समावेश गर्न सके व्यक्ति ध्यानयोगी हुन्छ, जसले वास्तविक आनन्दको अनुभूति दिलाउँछ।

४) संस्कृति तथा सांस्कृतिक सम्पदा

नेपालको संस्कृति विविधताले भरिपूर्ण छ। नेपालका विभिन्न स्थानमा वर्षैभरि कुनै न कुनै सांस्कृतिक पर्व, उत्सव वा कार्यक्रम भइरहेका हुन्छन्। संस्कृति मात्र होइन, नेपालका सांस्कृतिक सम्पदा पनि उत्तिकै विविधतायुक्त छन्। विश्व सम्पदा सूचीमा रहेका नेपालका कुल १० मध्ये आठ सम्पदा संस्कृतिसँगै सम्बन्धित छन्। यी स्थानमा पुग्दा मात्र पनि व्यक्तिले इन्द्रीय आनन्द प्राप्त गर्दछ, मानसिक शान्तिको महसुस गर्दछ।

नेपालका कतिपय संस्कृति प्रकृति पूजासँग सम्बन्धित छन्। पृथ्वीमा उपलब्ध पक्षी, जनावर, प्रकृतिका सबै स्वरूपको कुनै न कुनै तवरले पूजा गरिन्छ। अझ किराँत र बोन समुदाय त प्रकृतिको पूजारीकै रूपमा चिनिन्छन्।

नेपालको संस्कृतिले प्रत्येक नेपालीलाई एकताको सूत्रमा बाँधेको छ। यहाँ धर्मको बन्देज छैन, जातपातको बन्देज नै छ। नेपालका सांस्कृतिक सम्पदा सबैका लागि खुला सङ्ग्रहालयका रूपमा रहेका छन्, जहाँबाट यिनको आनन्द लिने मात्र होइन यिनको खोज र अनुसन्धान पनि गर्न सकिन्छ। यी संस्कृति र सम्पदा विश्वको हरेक कुनाका पर्यटकका लागि अत्यन्त आकर्षक पर्यटकीय सम्पदा तथा खोज केन्द्रका रूपमा रहेका छन्।

५) सामाजिक जनजीवन, रहनसहन, व्यवहार

नेपालीको सामाजिक जनजीवन र रहनसहन विशिष्ट प्रकृतिको छ। धर्म र संस्कृति नै विविधतापूर्ण भएकाले पनि यहाँको जनजीवन र रहनसहनलाई विविधतापूर्ण बनेका छन्। विविध खाले सामाजिक मूल्य, मान्यता र परम्परा भए पनि एक आपसमा द्वेष, राग र उपेक्षाभाव छैन। यसले नेपाल विश्वभरका पर्यटकका लागि एक अनुपम विविधतायुक्त मुलुकका रूपमा परिचित छ।

नेपालीले एक अर्काप्रति गर्ने व्यवहार अन्यत्रको भन्दा फरक छ। नेपालीहरू जस्तोसुकै दुःख परेको बेलामा पनि अतिथिलाई आदर गर्ने स्वभावबाट पर्यटकहरू प्रभावित हुने गरेका छन्।

 विविध प्रकारका सामाजिक रहनसहन, जनजीवन र रीतिले मात्र होइन, सबैलाई आत्मीय र आदरणीय व्यवहार गर्ने नेपालीको स्वभाव पर्यटकका लागि इन्द्रीय आनन्द र मानसिक शान्ति प्राप्त गर्ने माध्यम बन्दछ। त्यति मात्र होइन, यसले सोचाइमा परिवर्तन गर्न र अरूसँगको व्यवहारमा सुधार गर्न समेत मद्दत गर्दछ।

३.६ कृषि उत्पादन, खाद्यशैली र स्वच्छ पानी, वन पैदावार नेपालको कृषि प्रणाली विशिष्ट प्रकारको छ। खेती गर्ने आफ्नै शैली मात्र होइन, उच्च हिमाली भूभागमा समथर भूमिमा उत्पादन हुने खाद्यवस्तु उत्पादन हुन्छ। जुम्लामा दुई हजार ५०० मिटरको उचाइमा धान उत्पादन हुन्छ। यहाँको खाद्यशैली स्वस्थकर छ। परम्परागत र रैथाने खाद्यान्न पौष्टिक र स्वस्थकर छन्। विविध प्रकारका मसलाजन्य पदार्थको उत्पादनले खानाको स्वाद बढाउन मात्र होइन, औषधिका रूपमा समेत काम गर्दछन्। स्वच्छ पानीको स्रोत नेपालमै छ।

नेपालका हिमालले विश्वको कुल जनसङ्ख्याको ठूलो हिस्साको पानीको आवश्यकता पूरा गर्दछन्। हिमालको हिउँ पग्लेर नदी किनारमा रहेका जडीबुटीको पौष्टिकता लिँदै बहने कञ्चन नदीका पानी स्वच्छ र शरीरका लागि आवश्यक खनिज तत्त्वले भरिएका छन्।

कूल भूभागको करिब ४५ प्रतिशत भाग वनक्षेत्रले ओगटेको छ। यहाँ टिम्बर र गैरटिम्बर दुवै प्रकारका वन पैदावार पाइन्छन्। जडीबुटी नेपालको सबैभन्दा महत्त्वपूर्ण गैरटिम्बरजन्य वन पैदावार हो। नेपालका यी खाद्यान्न, खाद्यशैली, पानी र वन पैदावारले इन्द्रीय सुख र शारीरिक स्वस्थता प्रदान गर्दछन्।

७) शिक्षा, स्वास्थ्य र खेल पर्यटनका लागि अनुकूल वातावरण

नेपालको जलवायु शैक्षिक गतिविधिका लागि उपयुक्त छ। न यहाँ असाध्यै जाडो हुन्छ, न असाध्यै गर्मी। आधुनिक शिक्षाका लागि मात्र होइन, नेपाल वैदिक सनातनी शिक्षाका लागि पनि उपयुक्त स्थल हो। वैदिक सनातन युग होस् वा बुद्ध युग, कुनै पनि खोज र अनुसन्धानको अवसर नेपालमा उपलब्ध छ। आधुनिक शिक्षाका साथै सनातन शिक्षा एवं खोज तथा अनुसन्धानका लागि समेत नेपाल आकर्षक शैक्षिक हब बन्न सक्दछ।

कुनै व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका लागि उपचार र स्वास्थ्य सामग्री मात्र पर्याप्त हुँदैन, अपितु उपयुक्त हावापानी र वातावरण नेपालमा उपलब्ध छ। पहाडी र उच्च पहाडीस्थल आधुनिक र प्राकृतिक चिकित्साका लागि उर्वर भूमि हुन्।

आयुर्वेदका लागि नेपाल पर्याप्त सम्भावना भएको मुलुक हो। चरक ऋषिबाट प्रतिपादित उपचार पद्धति होस् वा धन्वन्तरीबाट विकसित औषधि हुन्, नेपालमा यी प्रचुर मात्रामा उपलब्ध छन्।

आधुनिक र आयुर्वेदिक उपचार पद्धतिका साथै प्राकृतिक चिकित्साका लागि नेपाल अवसरयुक्त मुलुक हो। यहाँका परम्परागत उपचार विधि, प्राकृतिक चिकित्सा, योग, ध्यान, स्पा, एक्युपङ्कचर, मसाज लगायतका उपचार पद्धतिमध्ये धेरै नेपालको आफ्नै खोज र अभ्यासबाट विकास भएका छन्।

ध्यान र योगको नियमित अभ्यासले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। हाम्रो शरीरमा रहेका सात चक्रहरूले शरीरमा भएका ग्रन्थिहरूबाट स्वास्थ्यका लागि आवश्यक विभिन्न किसिमका हर्मोन उत्पादन गर्दछन्।

यसरी योग र ध्यानले मानिसको स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने भएकाले नेपालमा उपलब्ध हुने स्वास्थ्य सेवामा योग र ध्यानलाई जोड्न सकिएमा स्वभाविक रूपमा आरोग्य प्रवर्द्धन गर्न सकिन्छ।

नेपालको हावापानी साहसिक लगायत सबै प्रकारका खेलकुदका लागि उपयुक्त छ। वर्षैभर कुनै न कुनै प्रकारको खेल यहाँ हुन सक्दछ। विश्व राजनीति, धार्मिक र साम्प्रदायिक रूपमा तटस्थ भएकाले जुनसुकै प्रकारका खेल प्रतियोगिताको आयोजना नेपालमा सम्भव हुन्छ।

 विश्वभर प्रख्यात हात्तीपोलो होस् वा सर्वाधिक रुचाइने फूटबल तथा क्रिकेटका लागि नेपाल तटस्थ खेल मैदानको रूपमा रहन सक्दछ। विपरीत राजनीतिक, धार्मिक र साम्प्रदायिक आस्था बोकेका मुलुकलाई खेल पर्यटनका माध्यमबाट नेपालले एकैथलोमा जुटाउन सक्दछ।

८) वैदिक खोज, अनुसन्धान र सामग्री

नेपाल वैदिक खोज र अनुसन्धानका लागि अद्वितीय मुलुक हो। योग र ध्यानको उद्गमस्थल नेपाल नै हो। बौद्ध धर्मको उत्पत्ति नेपालमै भएको थियो। भगवान् बुद्ध यहीँ जन्मिएका थिए। लुम्बिनीको सङ्ग्रहालयमा करिब एक लाख खोज सामग्री सुरक्षित छन्। हिन्दू र बुद्ध धर्मको सम्मिश्रण, सद्भाव र एक अर्काप्रतिको आदरभाव अनि अपनत्व मात्र पनि खोजकर्ताका लागि महत्त्वपूर्ण विषय हुन सक्दछ।

९) ध्यान र योग

नेपाल त्यस्तो मुलुक हो जहाँ ध्यानको उत्पत्ति भएको थियो, ध्यानी र योगीको बासस्थान रहेको थियो, जहाँ योग र ध्यानका लागि शान्त र स्वच्छ वातावरण अनि ऋषिमुनिले ध्यान गरेको हिमालको काखमा शान्त वातावरणमा ध्यान गर्न सकिने स्थल उपलब्ध छ।

यति मात्र होइन, भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ध्यान गर्न पाउनु कुनै पनि व्यक्तिका लागि विरलै पाइने अवसर हुन सक्छ। योगका लागि नेपाल उपयुक्त मुलुक हो। यहाँको हावापानी र वातावरणले योगबाट प्राप्त हुने फाइदालाई कैयौं गुणा बढाइदिन्छ।

योग र ध्यानको महत्त्व बुझेरै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्षको जून २१ लाई अन्तर्राष्ट्रिय योग दिवस र डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको छ।

हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेका योग र हाम्रो भूमिबाट उत्पन्न ध्यानलाई विश्वभर फैलाउने अवसर प्राप्त भएको छ। यसरी नेपाल आरोग्य पर्यटनका माध्यमबाट समृद्धिको यात्रामा हिँड्न सक्छ।

नागरिक अनलाइनमा प्रकाशित लेख ।  आरोग्य पर्यटनः नेपालको गन्तव्य | Nagarik News



०२ असार, २०८२
सेयर
गुरुदेव ब्लग
ध्यानलाई आर्थिक समृद्धिसँग जोडौं

विश्वभरि ध्यान अब वैज्ञानिक विधि हो । यो कुनै निश्चित धर्म सम्प्रदायको रहेन । यो सबैको मानवहरूको साझा भयो ।

न अब कुनै मेडिकल डाक्टरले या कुनै देशले यो ध्यान भनेको अलग कुरा हो भन्नेछ । संयुक्त राष्ट्रसंघले यस वर्षदेखि डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मनाउन थाल्नु सबैका लागि धेरै ठूलो उपलब्धी हो । अझ हामी नेपालीहरूका लागि त यो अझै महत्वपूर्ण छ ।
किनकि यो ध्यान जन्मिएको देश हो । यो भगवान् शिवको देश हो । यो भगवान बुद्धको देश हो । यो सयकडौँ ऋषिहरूको देश हो । जसले यही भुमिमा ध्यानको सुरुवात गरे र यसलाई विश्वभर फैलाउन भूमिका निर्वाह गरे । सयौँ प्रयोग, खोज र अनुसन्धान गरे । यहाँ कयौँ तपश्वीहरूले ध्यान गरे र विश्वका धेरै ठाउँका सन्तहरू ध्यान गर्नका लागि यहाँ आए । यो सिलसिला आज पर्यन्त जारी छ ।
ध्यानले करोडौँ व्यक्तिको जीवन परिवर्तन गरेको छ । ब्रह्माण्डमा मानव जीवनलाई ध्यानको जुन मूल विज्ञान दिइएको छ । टेक्नोलोजी प्रविधि दिएको छ । जीवनका सबै समस्या समाधान गर्नु नै छ । संसारमा समस्या छ, समाधान मात्र ध्यानमा छ । रोग र अशान्ति सारा समस्याको समाधान ध्यानमा छ ।
तपाईं ध्यान सिक्नुस् आफू रोग र अशान्तिबाट मुक्त हुनुको साथै अरूलाई सिकाउदै समृद्धि पनि साथमा आउनेछ । त्यसकारणले कतैकतै यो बाटोमा हिँड्दै जाँदा समृद्धिको नयाँ आकाश खुलेको छ । समृद्धिको नयाँ क्षितिज फराकिलो भएको छ ।
रमाइलो के लाग्यो भने हामी जुन बाटोमा हिँडेका छौँ । यो हाम्रो लागि एक प्रकारले आकाश खुले जस्तै हो । तर जसले यो सबै कुराको अवधारणा पछाडी बसेर डिजाइन गरिरहे जस्तो लाग्छ । विश्व ध्यान दिवस घोषण पनि हाम्रैभित्रको अन्तरआत्माको ज्योति सबै ठाउँमा सबैले त्यस्तै अनुभव गरिरा’छ र विश्वनै ध्यानमय बन्दैछ भन्ने लग्यो ।

किन गर्ने त ध्यान ?
हाम्रो मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण उपकरण हो ध्यान । यसले हाम्रो जीवनमा शान्ति, ध्यान केन्द्रित गर्ने क्षमता र सकारात्मक ऊर्जा ल्याउँछ । ध्यानले मानिसमा भएको सकारात्मकतालाई जगाउँदछ । मानिसमा भएको सम्भावना भेट्टाउन मद्दत गर्दछ ।
मानिसलाई ध्यान धेरै कारणले आवश्यक छ । मानसिक र शारीरिक रूपमा सन्तुलनमा राख्न यसले महत्वपूर्ण भूमिका खेल्दछ । मुख्यतः ध्यानले मानसिक तनाव कम गर्न र शान्ति महसुस गराउन मद्दत गर्दछ । ध्यानले सजगता बढाउँदछ, जसले पढाइ, काम र अन्य क्रियाकलापमा फाइदा पु¥याउँछ । ध्यानले मानिसलाई सिर्जनशील बनाउँदछ ।
ध्यानको अर्को महत्वपूर्ण पाटो यसले स्वास्थ्यमा व्यापक सुधार ल्याउँछ । ध्यान गर्नुभन्दा पहिले र ध्यान गर्न थालेपछिको मानिसको स्वास्थ्यमा आकाश जमिनको अन्तर पाइन्छ । जस्तै ध्यानले रक्तचाप नियन्त्रणमा राख्न, निद्रा सुधार गर्न र मानसिक रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । ध्यानले मानिसलाई आफ्नो भित्री स्वभाव बुझ्न र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरणा दिन्छ भने रचनात्मकता र सिर्जनशीलता बढाउँछ ।
जस–जसले ध्यानको प्रयोग र अभ्यास गर्दै आएका छन् । उनीहरूको जीवनलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । ध्यानले मानिसलाई डर, भय, तनावजस्ता मनका समस्या हटाउँन मद्दत गर्दछ । मानिसका आन्तरिक क्षमता जगाउन, उसमा रहेको ऊर्जाको व्यवस्थापन गर्न, आँट, जोस, जाँगर र उत्साह जगाइ खुसी, उमङ्ग र शान्त जीवन जिउनका लागि सहयोग गर्दछ ।
ध्यानले कुनै जात, धर्म, वर्ण, आर्थिक हैसियत, उमेर समूह केही पनि चिन्दैन तर ध्यान गर्ने व्यक्तिलाई लाभ दिन्छ । यसरी हेर्दा ध्यानले मानिसको शारीरिक, मानसिक, पारिवारिक, सामाजिक र व्यवसायीक व्यक्तित्व निर्माण गर्न होस् या आफूले आफैँलाई चिन्न र आफ्नो पूर्ण क्षमतामा काम गर्न होस् सबै क्षेत्रमा अर्थात जीवनका चौतर्फी आयामलाई विकसित गर्न र हरेक तवरले शान्त र समृद्ध हुन ध्यानले मद्दत गर्दछ ।
संयुक्त राष्ट्रसंघले विश्व ध्यान दिवस घोषणा गरेसँगै नेपाल र नेपालीहरूका लागि सम्भावनाको ढोका खुलेको छ त्यो हो आरोग्य पर्यटन र योग शिक्षक । नेपाल हरेक दृष्टिले आरोग्य पर्यटनका लागि उपयुक्त छ । यहाँको वातावरणदेखि यहाँको सांस्कृतिक विविधताले पर्यटकलाई आकर्षित गर्दछ । साथै यसका अव ध्यान र आरोग्य केन्द्रहरू निर्माण गर्न सके नेपालमा धेरै पर्यटक भित्र्याउन सकिन्छ । वर्ड टुरिजम अर्गनाइजेशनको एक रिर्पोट अनुसार अहिले संसारका पर्यटकहरू स्वास्थ्य र आन्तरिक शान्तिका लागि पर्यटन गर्दछन् । तिनीहरूको गन्तव्य नेपाललाई बनाउन सकिन्छ । किनभने नेपाल ध्यानका लागि एउटा छुट्टै इतिहास बोकेको देश हो ।
ध्यानका प्रणेता भगवान् शिवदेखि ध्यानलाई मानिसहरूमा पु¥याउने भगवान् बुद्ध हुर्दै सयकडौँ ऋषिमुनि र तपस्वीहरूको विरासत बोकेको देश हो नेपाल । त्यसैले अब आवश्यक पूर्वाधार निर्माण गरेर विश्वका नागरिकलाई ध्यानका लागि नेपालमा ल्याउन सकिन्छ । यसले नेपालको समृद्धिमा ठूलो भूमिका निर्वाह गर्दछ ।
हाम्रो ऋषिमुनिले हजारौँ वर्ष अगाडिदेखि प्रयोगमा ल्याएका ध्यानका वैज्ञानिक विधिहरू हामीकहाँ प्रयोगमा छन् । नेपालबाट विदेश जाने प्रत्येक नेपालीले यी विधिहरू सिकेर विदेशीलाई सिकाउन सके नेपालीको पहिचान फेरिन्छ । यसले ध्यानलाई विश्वभरी पु¥याउनुका साथै नेपालीको आत्मसम्मान र समृद्धिमा समेत सहयोग पुग्छ । यसका लागि अब हामी नेपालीले छुट्टै प्रकारले सोच्न र कार्यक्रम बनाउन आवश्यक छ ।
हाम्रा विद्यालय विश्व विद्यालय र पर्यटनसँग सम्बिन्धत निकायहरूले सहकार्यमा कार्यक्रमहरू निर्माण गरी यसबाट लाभ लिन सकिन्छ । साथै नागरिक र यहाँका आध्यात्मिक संघसंस्थाको सक्रियता उत्तिकै जरुरी छ । सरकारका नीति कार्यक्रममा योग र ध्यानका कार्यक्रम समेट्ने मात्र होइन कार्यान्वयनमा ल्याइ यसबाट बढी भन्दा बढीले लाभ लिनु आवश्यक छ । त्यसका लागि विश्व ध्यान दिवसले बाटो खोलेको छ । यसलाई हामीले हाम्रौ शारीरिक र मानसिक मात्र नभएर आर्थिक समृद्धिसँग पनि जोडेर हेरौँ, सोचौँ र अगाडि बढौँ ।

अनलाइनखबरमा २०८१ पुस ९ गते प्रकाशित

११ पौष, २०८१
सेयर
गुरुदेव ब्लग
ध्यान अब महाउत्सव

लामो समयपछि आज विश्वले एकसाथ ध्यान गर्दैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै विश्वभरका नागरिकले आजको दिन ध्यान गर्न लागेका हुन्। तनाव, चिन्ता, आक्रोशजस्ता मानसिक समस्याले विश्वका मानिस समस्यामा छन्। यी सबै समस्याको समाधान ध्यानमा छ। 

संयुक्त राष्ट्रसंघले यो कुराको महसुस गरी विश्वका नागरिकलाई ध्यान गर्न अभिप्रेरित गर्ने उद्देश्यले ध्यान दिवसको घोषणा गर्‍यो। यो हामी र हाम्रो देशका लागि झनै खुसीको कुरा हो। मानिसलाई ध्यान सिकाउनकै लागि जीवन सुम्पनेहरूका लागि त यो महाउत्सव नै हो।

राष्ट्रसंघले ध्यान दिवस मनाउने घोषणा त गर्‍यो। तर ध्यान के हो ? ध्यान कसरी गर्ने ? धेरैलाई अन्योल छ। कसैले आँखा चिम्लेर मौन बस्नुलाई नै ध्यान भन्छन् भने कसैले आफूतर्फ फर्कनुलाई नै ध्यान मानेका छन्।


ध्यान के हो ?     

शून्यता, पूर्णता, समग्रता, आत्मज्ञान, परमात्माज्ञानको अभ्यास र बोध गर्नुमात्र हैन, ध्यानको अर्थ आत्मानुशासनको एक युक्ति पनि हो। जसको प्रयोजन तनावशून्यता, मानसिक स्थिरता, मानसिक शान्ति मानसिक सन्तुलन, एकाग्रता, धीरता, गतिशीलता, सहनशीलता, स्वजागरण र स्व–अनुशासन हो।

ध्यानको उद्देश्य चेतनाको जागरण मात्र नभएर चेतनाले जान्न सकिने सम्पूर्ण अवयवहरूलाई परिष्कृत, अनुशासित, लयबद्ध सहज र सरल बनाउनु हो। जसद्वारा व्यक्ति परिवार समाज राष्ट्र र विश्व मानवको कल्याण अवश्यम्भावी छ। ध्यान प्रत्येक व्यक्तिभित्र अन्तर्निहित चेतना हो। त्यसकारण ध्यान जात, धर्म, लिंग, सिद्धान्त, विचार, मान्यता, धारणा र भूगोलभन्दा माथि सबैको र सबैका लागि हो।


ध्यान कसरी र कहाँ गर्ने ?    

सामान्यतया एकाग्रता हुँदै ध्यानमा पुग्न सकिन्छ। कुनै विषयमा केन्द्रित रहनु जस्तै: श्वासको याद गर्नु, आफ्नो वरपरको वातावरणको याद गर्नु, वर्तमान क्षणको याद गर्नु, शरीरमा भइरहेको परिवर्तनको महसुस गर्नु। यी मनलाई एकाग्र गर्ने विषय हुन्। यी ध्यानको पहिलो चरण हुन्। ध्यानको गहिरो अनुभवका लागि शरीर सञ्चालन गर्ने सूक्ष्म ऊर्जाका केन्द्रहरूको महसुस गर्नुपर्छ।

सात चक्रका रूपमा रहेका ती ऊर्जाका केन्द्रहरूमा केन्द्रित विधाहरूले ध्यानको गहिरो अनुभूति दिलाउँछ। ऋषिहरूले लामो खोज र अनुसन्धान गरेर चक्रमा केन्द्रित योगका विभिन्न विधा तथा विधिहरू निर्माण गरेका छन्। यिनलाई कर्मयोग, तन्त्रयोग, हठयोग, भक्तियोग, ज्ञानयोग, ध्यानयोग, सांख्ययोगका रूपमा प्रयोग गरिँदै आएको छ। जसले चक्रका आधारमा रहेर अर्थात् चक्र विज्ञानमा आधारित ध्यान गराउँछ। त्यस्ता व्यक्ति वा गुरुबाट ध्यानको गहिरो अनुभव लिने विधि पाउन सकिन्छ।

प्रत्येक व्यक्तिको अनुहार फरक भएजस्तै प्रत्येक व्यक्तिको स्वभाव पनि फरक छ। यौटै विधि सबै स्वभावका लागि अनकूल नहुन सक्छ। त्यसकारण विधिमा विविधता हुन्छ।   विधि साधन हो, ध्यान साध्य हो। जुन विधिबाट ध्यान लागे पनि ध्यान लाग्यो पुगिहाल्यो नि। ध्यानका लागि विधि हो, विधिका लागि ध्यान हैन।

अहिले ध्यान गराउने धेरै संघसंस्ज्था छन्। जहाँ गएर ध्यान गरे पनि हुन्छ। संस्था जुन छाने पनि ध्यान चाहिँ गर्नुपर्‍यो। यसरी ध्यान गर्दा आफ्नो स्वभाव अनुकूलको विधि छनोट गर्नु पर्छ। सबै विधि सबैका लागि हैनन्। म मानिसहरूसँग पहिलो परिचयमा अक्सर सोध्ने गर्छु ध्यान गर्नु हुन्छ कि गर्नु हुन्न ? गर्छु भन्यो भने कहाँ गर्नु हुन्छ भनेर प्रश्न गर्दिन।

ध्यान गर्‍यो पुगिहाल्यो नि कहाँ गर्‍यो के मतलव ? तर स्वभाव अनाकुलको विधि चाहिँ अत्यावश्यक छ। हैन भने ध्यानको गहिरो अनुभूति कठिन हुनसक्छ। त्यसैले ध्यान कहाँ र कसरी गर्ने हैन, आफ्नो स्वभावका लागि उपयुक्त छ कि छैन, त्यो महत्वपूर्ण हो।

अन्त्यमा, ध्यान मानव जीवनका लागि वरदान हो। मानिसका सारा समस्या समाधानको साधन र उपकरण पनि हो ध्यान। मानवलाई महामानव बनाउने संसारमा कुनै चिज छ भने त्यो ध्यान हो। ध्यानबाट आफूलाई परिवर्तन गरी मानवका लागि योगदान गर्ने त्यस्ता महामानवलाई अहिले हामी भगवान् भनेर पूजा गर्छौं।

संयुक्त राष्ट्रसंघले अहिले आएर यो महसुस गर्नु र ध्यान दिवस मनाउने घोषणा गर्नु गर्वको कुरा हो। यसका लागि हामी सबैलाई बधाई र शुभकामना छ। वर्षमा एकदिन ध्यान दिवस मनाउने मात्र हैन, हरेक दिन ध्यान गरेर आफ्नो जीवनलाई रूपान्तरण गर्ने प्रेरणा आजको दिनले मिलोस्। सबैलाई ध्यानमय शुभकामना ! २०८१ पुस ६ गते अन्नपूर्णपाेष्टकाे फुर्सदमा प्रकाशित

०७ पौष, २०८१
सेयर
समाचार
प्रशंसापत्रहरू
testimonials
test

मैले विराट् चक्र विज्ञान कार्यक्रम भित्र बसेर जुन किसिमको प्रणायाम योग गर्न पाएँ । यसबाट ५० वर्षको उमेरमा वास्तविक रूपमा जीवन बुझ्ने अवसर पाएको महसुस भयो । याे परिवर्तनको अनुभूति अरुलाई पनि दिलाउन सक्छु भन्ने आत्मविश्वास जागेको छ ।

– केशव महत, अध्यक्ष, लिखु तामाकोसी गाउँपालिका
सहकार्य